लन्डन । बेलायतमा आप्रवासी विरोधी अभियान र त्यसले भविष्यमा पार्न सक्ने प्रभावको बारेमा गोर्खा संगठनहरुले गम्भिर विवेचना शुरु गरेको छ । आप्रावासीप्रति अनुदार कट्टर–दक्षिणपन्थी रिर्फम पार्टी यूकेले आप्रावासी विरोधी अभियान तीव्र पारेर सरकारलाई चर्को दवावमा राखेपछि गोर्खा संगठनहरु पनि त्यसबारे गम्भिर विवेचनामा जुटेको छ ।
रिफर्म पार्टीको बढदो लोकप्रियता र उक्त पार्टीको भविष्यमा हुन सक्ने सत्तारोहणले आप्रावासी नीतिमा कडाईका कारण आवासीय सुविधा लिएर बसेका गोर्खा र गोर्खाका छोराछोरीहरु देश निकाला हुन सक्ने खतराको जोखिमबारे गोर्खा संगठनहरुले विवेचना शुरु गरेको छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता समितिले संयुक्त रुपमा बेलायतमा बढेको आप्रावासी अभियानले गोर्खा र गोर्खाका सन्तानहरुलाई पार्न सक्ने प्रभाव बारे छलफल शुरु गरेको हो । आईतवार बेलायतको अल्डरसर्टस्थित एक कार्यक्रम आयोजना गरी गोर्खा अभियान्ताहरुले यसबारे वहसलाई तीव्रता बनाएको छ ।
गोर्खाहरु बेलायती सैनिकमा दुई देश नेपाल र बेलायत सरकारवीच सम्झौताको आधारमा भर्ना भएर त्यसैको आधारमा आवासीय सुविधा पाएर बेलायत बसिरहेको अवस्थामा देश निकाला हुने सक्ने र भविष्यमा देशविहिन बन्न सक्ने खतरा हुने भन्दै गोर्खा अभियान्ताहरु यसबारे चिन्तित बनेको छ ।
बेलायतमा चलेको आप्रावासी विरोधी अभियानको तीव्रता र उक्त एजेन्डाले रिर्फम पार्टीको सत्तारोहणले आप्रावासीलाई देश निकाला गर्न निर्णयले गोर्खा र गोर्खाका छोराछोरी देशविहिन बन्न सक्ने खतरा बढेको ब्रिटिस गोर्खा नागरिकता निरन्तरता समितिका संयोजक सन्तोष थलङले बताए । “बेलायतको राजनीतिक परिघटनाले भोलीको दिन नसोचेको हुन सक्छ । हाम्रो आवासीय सुविधा (आईएलआर) खोसेर खेदन सक्छ । बर्तमान अवस्थामा नेपालको कानुन अनुसार हाम्रो नागरिकता खारेज हुन सक्छ । राजनीतिक परिघटनाले हामी गोर्खाहरु नागरिकताविहिन हुन सक्छौं”, संयोजक थलङले भने ।
अहिले बेलायतमा बिग्रदो राजनीतिक अवस्थाले हामी गोर्खा र हाम्रा सन्तानहरुको अवस्था कठिन मोडमा पुग्न सक्ने खतरा संयोजक थलङले औल्याए । गोर्खा र गोर्खाका सन्तानहरु गम्भिर हुने बेला आएको पनि बताए । गोर्खाहरु नेपाल र बेलायत सरकारवीच भएको सन्धी सम्झौताबाट आएका कारण गोर्खा र तीनका सन्तानरुको बंशजको नेपाली नागरिकता निरन्तरतालाई जोड दिनुपर्ने बताए ।
बेलायतमा गोर्खाहरु १५ हजार भन्दा रहेको छ । २० हजार भन्दा बढि संख्यामा गोर्खाका छोराछोरीहरु बेलायत आएको र अझै आउने क्रम जारी रहेको छ । १० हजार बढिले बेलायतको नागरिकता लिईसकेको अनुमान गरिएको छ । बेलायतको बदलिदो राजनीतिक फेरवदलले ठुलो संख्यामा गोर्खा र गोर्खाका छोराछोरीहरुसंगै नेपालीहरु देशविहिन बन्न सक्ने खतरा बढेको छ । दुई बर्षभन्दा बढि विदेशमा बसे गैर–आवासीय नेपालीको रुपमा नेपालको कानुनले व्याख्या गरेको छ । यस्तो परिस्थितीमा बेलायतमा बसोवास गर्दै आएका गोखा र तीनका सन्तानहरुको नेपाली नागरिकता स्वत खारेज भईसकेको छ ।
गोर्खा र तीनका छोराछोरीहरु कतिपयले बेलायतको नागरिकता लिएका छन भने कतिपय पछिल्लो समय आएकाहरु अझै आवसीय सुविधा (आइएलआर)मा रहेको छ । भोली जुनसकै वाहानामा पनि बेलायत सरकारले खेदन सक्ने परिस्थिती आउन सक्ने गोर्खा सत्याग्रह संयक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए । ५ सय बर्ष अगाडी भुटान गएका र त्यही घर भएर जन्म भई त्यहीको नागरिकता लिइसकेकालाई पनि खेदाएको स्मरण गर्दै संयोजक राईले वर्मा फिजीदेखि खेदाएको स्मरण गर्न र त्यहीबाट पाठ सिक्न पनि सबैलाई अनुरोध गरे । भविष्यमा बेलायतले खेदाउदैन भन्ने कुनै ग्यारेन्टी नभएको र गोर्खाका सन्तानहरुले बेलायतमा पाएको बंशजको नागरिकता नभएकाले खेदाउन सक्ने आधारहरु प्रशस्तै रहेको पनि उनले बताए ।
“त्यसैले भोली कुनै पनि वाहानामा निकाल्न सक्छ । अमेरिकाले डिभी परेर गएकाहरुलाई त खेदाईरहेको छ । हामीहरुलाई खेदाउदैन भन्ने आधारहरु नै छैन । गोर्खाका अधिकांश छोराछोरीहरुले नागरिकता लिईसकेको छ । त्यसैले भोली उनीहरु देशविहिन बन्दैछ,” संयोजक राईले भने ।
नागरिकताको बिषय पेन्सनभन्दा पनि ठुलो कुरा हो । हामीले जसका लागि भनेर लडिरहेका छौं । उहाँहरुको योगदान “कन्ट्रिव्यूसटन” त छदै छैन । सुन्नसमेत आउदैन । गोर्खाहरुमा त्यसले पाएपछि मैले र मेरा नानीले पाइहाल्छ भन्ने गोर्खाहरुमै नकरात्मक धारणा रहेको पनि पनि संयोजक राईले गुनासो व्यक्त गरे ।
गोर्खाहरुले यसबारे गम्भिर विवेचना गरिरहदाँ गोर्खाहरुको सन्तानहरुलाई भने कुनै चासो र चिन्ता छैन । गोर्खाका छोराछोरीहरुमा कुनै सपना नभएकाले पनि यसबारे कुनै चासो चिन्ता नभएको गोर्खाका सन्तान गजेन्द्र लिम्बुले बताए । बेलायतमा आएका गोर्खाका सन्तानहरुले भविष्यको बारेमा सोच्दैन, सोच्छ त सानो जागिर त्यसपछि मासु रक्सी र भात, त्यो बाहेक उनीको कुनै सोच नभको लिम्बुले बताए ।