आन्दोलनलाई सहयोग नगरेपछि सन्तानप्रति गोर्खाहरुको गुनासो

लन्डन । लामो समयदेखि विभेद र समानताको माग राख्दै आन्दोलन गर्दै आएका ब्रिटिस भूतपूर्व गोर्खा सैनिक संगठनमा आवद्ध नेतृत्व गर्नेहरुले आवसीय सुविधा पाएर बेलायत बसोबास गरिरहेका ब्रिटिस भूतपूर्व गोर्खा सैनिकका छोराछोरीप्रति आन्दोलनलाई सहयोग नगरेको भन्दै गुनासो गरेका छन ।

 

गोर्खाहरुमाथि गरिएको विभेदजन्य अन्त्य र तीनका छोराछोरीहरुलाई बेलायतमा आवसीय सुविधा दिलाउन सडक हुदै कानुनी संघर्ष गरेर महत्वपुर्ण भुमिका खेलेपनि गोर्खाका छोराछोरीहरुले आन्दोलनलाई सहयोग नगरेको भन्दै गोर्खाजन्य संगठनका नेताहरुले गुनासो गरेका हुन । आन्दोलनकै बलमै गोर्खा र गोर्खाका सन्तानहरुले बेलायतमा आवसीय सुविधा पाएको  सत्य हुदाँहुदै पनि गोर्खाका छोराछोरीहरुले आन्दोलनलाई सहयोग पटक्कै नगरेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए । “गोर्खाका छोराछोरीहरुको बेलायतमा आवसीय सुविधाका लागि आन्दोलनको महत्वपुर्ण भुमिका छ । धेरै संख्यामा गोर्खाका छोराछोरीहरुले बेलायत आए तर उनीहरुको आन्दोलनमा फुटेको कौडी सहयोग भएन,” उनले भने ।

 

संयोजक राईले आन्दोलनको मुद्दाबाट गोर्खाका छोराछोरीहरुले बेलायतमा आवासीय सुविधा पाएको हो, तर हाम्रो योगदान र भुमिकालाई गोर्खाका छोराछोरीले बिर्सेको बताए । गोर्खाका छोराछोरीहरुलाई बेलायतमा आवसीय सुविधा दिलाएपछि हाम्रो आन्दोलनमा सहयोग हुन्छ भन्ने सोचेको थियौं । तर गोर्खाका छोराछोरी हाम्रो अभियानलाई सहयोग त परैको कुरा धन्यवाद समेत भनेन् राईले गुनासो गरे ।

 

गोर्खाहरुको समानता र विभेद अन्त्यको बिषय आन्दोलनले गोर्खाका छोराछोरीको अधिकारको बिषय पनि हामीले उठाएको भन्दै संयोजक राईले आन्दोलनलाई सहयोग गर्न सम्पुर्णसंग आग्रह गरे ।

ब्रिटिस भूतपूर्व गोर्खा सैनिकहरुले समानताको आन्दोलन गरेको तीन दशक बढि भईसक्यो । आन्दोलनले केही उपलब्धी हासिल भए पनि मुख्य माग पेन्सन लगायतका अन्य बिषयमा समानता नभएको भन्दै गोर्खाहरु आन्दोलन मै छन । समान पेन्सन क्षतिपूर्ति लगायत दर्जनौ मागसहित आन्दोलनमा होमिएका धेरै गोर्खाहरुका मृत्यू समेत भईसकेका छन । नेपालबाट शूरुवात भएको गोर्खा आन्दोलन यतिबेला गोर्खाहरु बेलायतमै भएका कारण आन्दोलन पनि बेलायतमा केन्द्रीत छ ।

 

आन्दोलनकै बलमा गोर्खाहरुसंगै उनीहरुको सन्तानहरुले समेत बेलायतमा आवासीय सुविधा पाए । गोर्खाका अधिकांश छोराछोरीहरु बेलायतमै छन भने केही आउने क्रम पनि जारी छ । आन्दोलनले नै भूतपुर्व ब्रिटिस गोर्खा सैनिकका सन्तानहरुको बेलायत छिर्ने ढोका खुलेको थियो । बेलायत आएका आवसीय सुविधा पाएका गोर्खा सन्तानहरुप्रति भने गोर्खा अगुवाईहरुको आन्दोलनलाई सहयोग गरेनन् भन्ने गुनासो रहदै आएको छ ।

 

उर्जावान उमेर हुदाँ थोरै पैसामा नोकरी गर्दै अहिलेसम्म सन्तानको सुख सुविधाका लागि गोर्खाहरू दुख गरिरहेका छन । तर उहाँहरूका सन्तानहरू आन्दोलनप्रति खासै चासो राख्दैनन् भने कतिपय बेखवर जस्तै छन । भिन्न भिन्न उमेर समुहका गोर्खा सन्तानहरूको सोचाई र जीवनशैली पनि फरक छन । कतिपय बेलायतको जिवनशैली र तामझाममा अलमलिएका छन । उनीहरु गोर्खा आन्दोलनप्रति चासो राख्नु त परैको कुरा हो आन्दोलनले यहाँसम्म आइपुगे भन्ने विर्सन्छन । पछिल्लो समय आएका परिपक्क उमेर समुह जो युवाअवस्था काटेकाहरू आफ्ना छोराछोरीहरूलाई बेलायत ल्याउन र बाँकी सन्तानहरूको भविष्यका लागि संघर्षरत छन ।

 

बेलायतले १९९८ अघि र पछिका गोर्खाहरूलाई अधिकार दिने सवालमा बिभाजन गरेर सुविधाको प्याकेज दिए जसरी उहाँहरूको सन्तानहरूलाई शुरूवातमा १८ बर्ष मुनिकाहरुलाई मात्रै आवासीय सुविधा दिए । गोर्खाहरूकै आन्दोलनबाट ३० बर्ष मुनिका सन्तानहरूले सहज ढंगले आवासीय सुविधा पाए भने त्यसमाथिकाहरूले पनि अहिले कानुनी उल्झन झेलेर पनि आवासीय भिषा पाइरहेका छन । यो सबै गोर्खा आन्दोलनको उपलब्धी थियो । तर गोर्खाका सन्तानहरूले आन्दोलनको नेतृत्वप्रति सहयोग त परैकै कुरा हो आभार प्रकट समेत गरेको  कतै पाईदैन । नेपालमा रहँदा बेलायत जान पाईन्छ कि भनेर गोर्खा आन्दोलनप्रति चासो लिने गोर्खा सन्तानहरू बेलायत आएपछि त आन्दोलनको नामै सुन्न चाहदैन । यसरी धेरै गोर्खाका सन्तानहरू बेलायत आएका छन ।

 

कति संख्यामा गोर्खाका छोराछोरीहरू बेलायत आए । त्यसको एकिन संख्या जानकारीमा छैन । तर पछिल्लो समय बेलायतमा नेपालीहरूको जनघनत्व बढदै जानुले गोर्खाका सन्तानहरू धेरै बेलायत आएका छन भन्ने पुष्टी गर्छ । आन्दोलनमा आर्थिक, भौतिक र नैतिक जस्ता कुराहरूको आवश्यकता पर्ने हुन्छ । यी सबैमा गोर्खाका छोराछोरीहरूको सहयोग कही कतै छैन ।

 

२०२१ अगष्टमा मा प्रधानमन्त्री कार्यालय अगाडी तीन सत्याग्रहीहरूले १३ दिन आमरण अनसन बस्दाको आन्दोलनमा केही संख्या देखिए पनि बाँकी कहि कतै गोर्खाका सन्तानहरू गोर्खा आन्दोलनमा सहभागिता छैन । यसकारणले पनि गोर्खाहरूको सन्तानहरूप्रति सधै चित्त दुखाई रहदै आएको छ । भौतिक रूपमा आन्दोलनमा सहयोग नभएपनि आर्थिक सहयोगको अपेक्षा गरेका आन्दोलनरत गोर्खा पक्षले सधै गोर्खाका सन्तानहरूले हाम्रो योगदान बिर्सिएको भन्दै गुनासो गर्दै आएका छन ।

 

गोर्खाका छोराछोरीले आवासीय सुविधा पाउनुमा आन्दोलनको महत्वपूर्ण भुमिका भएपनि गोर्खाका सन्तानहरुले महशुस नगरेको गोर्खा भूतपूर्व सैनिका छोरा गजेन्द्र लिम्बुले बताए । आन्दोलनबाट दशौं हजार गोर्खाका सन्तानहरु आए तर अहिले उनीहरुलाई वास्तै नभएको पनि लिम्बुले बताए ।

गोर्खा आन्दोलनमा संलग्न धेरै गोर्खाहरूको मृत्यू समेत भईसकेका छन । अघिल्लो पुस्ता जो आन्दोलनको अग्रमोर्चामा हुनेहरू ८० बर्ष उमेर आसपासमा छन । ती गोर्खाहरू सेवामा रहँदा कम सुविधामा काम गरेर गोर्खा र नेपालीहरुको गर्विलो इतिहास रचेका थिए । त्यही पुस्ताले गोर्खा आन्दोलन गरेर महत्वपुर्ण भूमिका खेलेका थिए । त्यसभन्दा पछाडीका पुस्ताहरू कम संख्या आन्दोलनमा सहभागिता भएका छन । ती पुस्ताहरूको खासै आन्दोलनमा सहभागिता नभएपनि आन्दोलनको उपलब्धीबाट भने फाईदा लिएका छन । आन्दोलनमा सहभागी नभई सहज ढंगले उपलब्धीबाट लाभान्वित बनेका ती पुस्ताहरु आन्दोलनको अवस्था त्यसले दिने परिणाम र अनेकौं अवस्थाबारे ज्ञान छैन । उनीहरूले आर्थिक भौतिक सहयोग खासै गरेको देखिदैन । त्यही भएर पनि हुन सक्छ गोर्खा नेतृत्वहरुप्रति अनेकौ अशोभनिय प्रश्न उठाउने बाहेक अन्य काम गरेको पाईदैन ।

 

कतिपयले त के को आन्दोलन ठगी खाने भाँडो भन्दै टिकाटिप्पणीहरू गर्ने गरेको समेत पाईएको छ । सहानुभुतीको साटो गालीगलौज गर्ने गरेका छन । ती पुस्ताले गोर्खा आन्दोलनले यी सबै उपलब्धी भए भन्ने कहिल्यै स्वीकार गरेका पनि पाईदैन । थोरै आन्दोलनका मोर्चामा हुने बाहेकले गोर्खा आन्दोलनप्रति राम्रो टिप्पणी गरेको पाईदैन । पछिल्लो पुस्ताको यस्तै व्यवहारले पनि आन्दोलनमा गोर्खाका छोराछोरीहरू जोडिन नसकेको हो की भन्ने प्रश्न चिन्ह खडा भएको छ । यी यस्ता कारणहरूले पनि गोर्खा आन्दोलन शिथिल बन्दै गएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार