बान्तावा खिम बेलायतको अध्यक्षमा सुरेशकुमार राई निर्वाचित

लन्डन । किरात राई बान्तावा खिम बेलायतको अध्यक्षमा सुरेशकुमार राई निर्वाचित भएको छ । आईतबार वकिङस्थित ग्याम्बसलेनमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट राई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएको हो ।

 

पहिलो अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल सकिएपछि सम्पन्न दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षहरूमा मानबहादुर राई, किसन राई र माधुर्यती राई निर्वाचित भएका छन । महासचिवमा ध्रुर्व राई, उपमहासचिवमा कपिल राई र सचिवमा सुष्मा रूपाबुङ राई निर्वाचित भएका छन । कोषाध्यक्षमा मेजरधन राई र सह–कोषाध्यक्षमा मनिकला राई निर्वाचित भएका छन ।

 

अधिवेशनबाट सदस्यस्यहरूमा देवेन्द्र राई, सुष्मा राई, किरण राई, प्रकाश प्राण राई, राजकुमार राई, मनकुमार राई , श्याम साम्सुहाङ राई, रामजी राई, गोवन्द राई, मदन राई , हरि राई, अञ्जना राई, कृष्णमणी राई, निशेष राई, दिलिप राई, संजोक राई, लिला राई र नविन राई निर्वाचित भएका छन ।

 

अधिवेशन कार्यक्रम तीन चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । किरात राई बान्तावा खिमको अध्यक्ष योगराज राईको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनमा प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतका अध्यक्ष रिटायर्ड मेजर दिलकुमार राई रहेको थियो भने अन्य अतिथिहरुमा भाषिक संघसंस्थाहरुको तर्फबाट चाम्लिङ खाम्बातिमका राजन रामजंग राई, पुमा समाजबाट जयकुमार पुमा रहेका थिए । साथै अतिथिमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पुर्व अध्यक्षहरु पदम राई र कल्पना राई पनि रहेका थिए । उद्घाटनपछि बन्द सत्र सम्पन्न भएको थियो । बन्द सत्रको अध्यक्षता अध्यक्षमण्डलका अध्यक्ष तथा निर्वाचन समितिका संयोजक पदम राई र सञ्चालन सदस्य सचिव मुलघरे कान्छा (राजन राई)ले गरेको थियो । बन्द सत्रमा सांगठानिक प्रतिवेदन सचिव धु्रर्व राईले आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधुर्यती राईले गरेका थिए । बन्द सत्रमा विधान संशोधन मस्यौदा समितिका संयोजक नरहाङ राईले संशोधित विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

 

बन्द सत्रपछि निर्वाचन कार्यक्रम सम्पन्न भएको थियो । निर्वाचित सम्पुर्णलाई पद तथा गोपनियताको सपथ निर्वाचन समितिका संयोजक पदम राईले गराएका थिए । निर्वाचित अध्यक्ष सुरेशकुमार राईले प्रतिवद्धता मन्तब्य राखेका थिए । निर्वाचित अध्यक्ष राईले भईरहेको किरात मुन्धुम खोज अनुसन्धानलाई निरन्तरता दिदै सम्पन्न गर्ने, संसारभरीका बान्तावाहरुलाई एकतावद्ध र संगठितका लागि पहल गर्ने, भाषाहरुलाई संरक्षण गर्ने र बान्तवाहरुको डाटा संकलन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार