
लन्डन । पूर्वेली लोक लयमा तयार पारिएको गीत ’चारखोले तरेमे’ भक्ति आङदेम्बेको अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको छ । सन्ध्या फियाकको रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृतिलाई चित्रण गरिएको छ । गीतमा परम्परागत लोक सभ्यतालाई समेत देखाइएको छ । गीतमा प्रेममा हुने मनका बोलीहरुलाई समेटिएको छ ।
लिम्बु लोकसंस्कृति गायक भक्ति आङदेम्बे र गंगा फियाकको स्वरमा रहेको यो गीतमा संगीत चर्चित संगीतकार डिआर अटुले ले भरेका छन् ।
पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको यो भिडियोलाई दिनेश माङमुले निर्देशन गरेका छन् । गीतको कोरियोग्रफर अनिता राजबंशी गरेकी हुन । पोष्ट प्रोडक्सन माङमु फिल्मसले गरेको छ । गीतमा समिर जवेगु लिम्बु र बिमला खजुमको मुख्य अभिनय छ ।







