बेलायतले राख्यो, नेपाललाई कोरोनाको ‘रेड जोन’ मा, बुधबारदेखि यात्रा प्रतिवन्ध हुदै

लण्डन । कोरोना भाइरसको संख्या अत्याधिक बढदै गएपछि बेलायतले नेपाललाई ‘रेड जोन’ मा राखेको छ । नेपाल उच्च जोखिममा रहेको जनाउदै बेलायतले कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

 

बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’मा राखिएको घोषणा गरेका छन ।

 

विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बीबीसीले जनाएको छ । यात्रा प्रतिवन्ध लागेपछि बेलायत बस्ने नेपाली गोर्खा सैनिक र तीनका परिवारहरु नेपालमा नै रोकिने भएको छ । साथै नेपाल जान चाहने नेपालीहरु पनि जान नपाउने भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार