
लण्डन । गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतको बर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी रोजिना प्रधान राईले आगमी नेतृत्वका लागि हुने निर्वाचनमा उम्मेदवारी फिर्ता गर्न अर्का अध्यक्षका उम्मेदवारसंग पैसाको मोलमोलाई गरेको भन्ने प्रकाशित समाचारको खण्डन गरेकी छिन ।
रोजिनाले व्यक्तिको चरित्र हत्या गर्ने र उम्मेदवारीमा प्रभावित बनाउने हिसावमा निराधार आरोप लगाएको भन्दै उक्त समाचारको कडा प्रतिवाद गरेकी छिन ।
गैरआवसीय नेपाली संघ बेलायतको आगमी नेतृत्व चयनका लागि हुने निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार प्रेम गाहा मगरलाई हराउनका लागि अर्का अध्यक्षका उम्मेदवार दीपक श्रेष्ठले रोजिना प्रधान राईलाई उम्मेदवारी फिर्ता गर्न गरेको आग्रहमा रोजिनाले ५० हजार पाउण्ड रकम मागेको भनी केही अनलाइनहरुमा समाचार आएपछि रोजिनाले उक्त समाचारको खण्डन गरेकी हुन । समाचार बास्ताविकताको यथार्थमा नभई कोहीबाट प्रभावित र गलत मनसायले आएकोले भन्दै रोजिनाले उक्त समाचारको खण्डन गरेकी छिन ।
प्रकाशित समाचारको खण्डन गर्दै रोजिनाले निराधार आरोपको प्रमाणित गर्न चुनौती समेत दिएकी छिन । समाचारमा आएजस्तो दीपक श्रेष्ठसंग पैसाको मोलमोलाई गरेर उम्मेदवारी फिर्ता गर्ने भन्ने सत्यता होइन, उनले भनिन् – ‘‘मेरो उम्मेदवारीप्रति धेरै अफवाह फैलाउने काम भयो । तर मैले कुनै गल्ती गरेको छैन । यस्तो मिथ्या आरोपप्रति विचलित छैन । यदी साहस र हिम्मत भए मैदानमा आएर प्रमाणित गर्न चुनौती दिन्छु ।’’
गैरआवसीय नेपाली संघ बेलायतको आगमीको नेतृत्वको लागि मैदानमा उत्रिसकेको छु । कसैले गलत हल्ला फैलाएजस्तो उम्मेदवारी फिर्ता लिने पनि कुनै सम्भावना नरहेको उनले प्रष्ट पारेकी छिन । निर्वाचनमा जीत हार पक्कै हुन्छ । निर्वाचनले जे परिणाम दिन्छ, त्यसलाई सहर्ष स्वीकार्ने पनि उनले बताइन ।
उनले गलत समाचारप्रति खासै टिप्पणी नरहेपनि त्यसको कानुनी उपचार भने खोज्ने बताइन । उनले लामो समय एनआरएनए बेलायतको अभियान र सामाजिक कामहरुमा क्रियाशिल रहेकाले नेतृत्वमा आउन चाहेको बताइन ।







