एनआरएनए बेलायतले नेपालका बाढी पहिरो पीडितहरुलाई १० लाख

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले नेपालमा हालै बाढी पहिरोबाट मारमा परेका पीडितहरु र मृतकका परिवारलाई राहतका लागि तत्काल १० लाख रुपैयाँ नेपाल पठाउने घोषणा गरेको छ ।

गैर–आवसीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा गत अक्टोबर २४ मा बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । अध्यक्ष गाहा मगरका अनुसार घोषित रकम निकासा भएको २४ घण्टाभित्रमा नेपाल पुर्याउने र ७२ घण्टाभित्रमा सम्बन्धित पीडितहरुसम्म पुर्‍याउने योजना रहेको छ ।

 

यता बेलायतमा भने हाल प्राकृतिक प्रकोप तथा आपतकालीन नीति तर्जुमा बिभागका संयोजक तथा कार्यकारी सदस्य बालकृष्ण दाहाल र कोषाध्यक्ष बिष्णु खरेलको संयोजनमा नेपालमा बाढी पीडितहरुका लागि राहत उद्दार कोष संकलन सुरु भएको छ ।

 

संघले यस अभियानमा सहयोग गर्न बेलायतवासी सबै नेपालीहरुलाई अपील गर्दै एनआरएनए यूकेको ‘वेलफेयर अकाउण्ट नम्बर जम्मा गर्न अनुरोध गरेको छ ।

 

नेपालको पूर्वी भेगमा हालै आएको बाढी र पहिरोका कारण अपार धनजनको क्षति भएको छ । पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा र संखुवासभा जस्ता जिल्लाहरुमा पहिरोबाट दर्जनौंको ज्यान गएको छ भने सयौं घरवारविहीन भएका छन् । किसानहरुको सात अरब भन्दा बढी धानखेतीको सर्वनाश भएको अनुमान गरिएको छ र मुलुककै अर्थतन्त्रमा नराम्ररी धक्का पुग्ने आँकडा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार