ढुक्क भएर नेपालमा लगानी गर्न फ्रान्सका उद्योगीलाई प्रधानमन्त्रीको आग्रह

युरोप भ्रमणका क्रममा फ्रान्स पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न आव्हान गर्नुभएको छ ।

बिहिबार फ्रान्सका उद्योगी व्यवसायीसँग छलफल गर्नुहुँदै उहाँले नेपालमा राजनीतिक स्थायित्व कायम भएको, कानुनी जटिलताहरु अन्त्य गरिएको र वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरु छनौट गरिएकाले लगानीमा जोखिम नरहेको जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले बताउनुभयो । स्वीट्जरल्याण्ड बेलयत हुँदै फ्रान्स पुग्नुभएका प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार