भोजपुर हातेमालो सेवा समाज युएईको नयाँ क्षेत्रीय समिति विस्तार

  सिलिचुङ समाचारदाता

भोजपुर हातेमालो सेवा समाज युएईको निर्वाचित क्षेत्रीय समितिको नयाँ कार्यसमिति । तश्विर सौजन्यः टिकाराम बस्नेत

 

भोजपुर । भोजपुर हातेमालो सेवा समाज युएईले अलऐन क्षेत्रिय समिति बिस्तार गरेको छ । केन्द्रिय अध्यक्ष भिम थापाको सभापतित्वमा सम्पन्न पहिलो अलऐन क्षेत्रिय अधिबेशनले हेम भण्डारीको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो ।
गत अप्रिल २६ मा पहिलो एकता अधिबेशन सम्पन्न गरेको समाजले दिपक थापामगरको नेतृत्वमा अबुधाबीस्थित क्षेत्रिय समिति गठन गरेको थियो । तत्कालिन भोजपुर सेवा समाज युएईका संस्थापक अध्यक्ष एवम समाज युएईका सल्लाहकार भक्त बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएन अलऐन संयोजक गोपाल पौडेल विशेष आतिथ्य थियो ।
यस्तै कार्यक्रमको अन्य अतिथिमा दीपक श्रेष्ठ, प्रेम शेर्पा, छिरिङ्ग सोनम शेर्पा, राम कुमार तिरुवा, दीपक थापा मगर, अस्मी स्याङ्तान, सपना राई, दीपक थापा,मिन बिसी, दिव्या सुब्बा रहेका थिए । नयाँ क्षेत्रीय समिति पदाधिकारीहरुमा समितिका अध्यक्ष हेम भण्डारी, उपध्यक्ष शरण तामाङ, महिला उपाध्यक्षमा सविना तामाङ, सचिव टिकाराम बस्नेत, सहसचिब मनोज बस्नेत, कोषाध्यक्ष छिरिङ्ग लामा, सहकोषाध्यक्षमा पारु राई र सदस्यहरुमा छविलाल सुबेदी, चन्द्र विष्ट, अस्मी राई, पाल्देन घिसिङ, सन्तोष राई, सुमन मगर, दजङ्बु शेर्पालाई सर्बसम्मत चुनिएका छन् । त्यस्तै समितिको सल्लाहकारमा टेक्सन गुरुङ र कुबेर राई चयन भएका छन् ।
निर्वाचित नयाँ कार्यसमितिलाई प्रमुख अतिथिले सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित क्षेत्रीय अध्यक्ष हेम भण्डारीले आगामी दिनमा भोजपुर र भोजपुरेहरुका लागि तन, मन, वचन र कर्मले बिसुद्ध सामाजिक सेवा भावले समाजका निम्ति समर्पित हुने बताए । साथै नवनिर्बाचित सचिव टिकाराम बस्नेतले पनि समृद्ध समाज, सुसुचित समाज निर्माणमा सदा अग्रसर रहने बताए । भोजपुर हातेमालो सेवा समाजले भोजपुर र गैर भोजपुरबासीलाई पर्ने दुःखमा साथ सहयोग गर्दै आएको छ । कुनै जातीय, भाषिक, धार्मिक, राजनीतिक ढंगले नभई निश्वार्थ समाज सेवा रहेको सभापति एवम् समाजका केन्द्रिय अध्यक्ष भिम थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार