लण्डन । भोजपुर जन्म भई बेलायतमा बसोबास गर्ने भोजपुरवासीहरूको सामाजिक संस्था भोजपुर सेवा समाजको साधारण सभा सम्पन्न भएको छ ।
लण्डनको साउथ हेरोस्थित गोल्डेनसीपमा २४ अगष्टमा भोजपुर सेवा समाजको साधारण सभा सम्पन्न भएको हो । सभामा समाजका सदस्यहरूको सहभागिता रहेको थियो । साधारण सभामा संस्थाको बार्षिक प्रगति प्रतिवेदन समाजका महासचिव बिमला राईले प्रस्तुत गरेकी थिईन ।
साधारण सभामा बिगतको समीक्षा र आगमी कार्ययोजना तय गरि सम्पन्न गरिएको समाजका महासचिव बिमला राईले बताईन । सभामा संस्थाको आर्थिक प्रतिवेदन समाजका सचिव रोम मुकारूङले प्रस्तुत गरेका थिए ।
सभाको अध्यक्षता भोजपुर सेवा समाजका अध्यक्ष कृष्णबहादुर राईले गरेका थिए । सभा सञ्चालन समाजका महासचिव बिमला राईले गरेकी थिईन । साधारण सभामा मन्तब्य राख्दै समाजका अध्यक्ष कृष्णबहादुर राईले आफ्नो ठाउँको सम्मान र सेवाको लागि बेलायतमा बस्ने भोजपुरहरूको योगदान ठुलो रहेको र आगमी दिनमा पनि रहने बताए । समाजका महासचिव बिमला राईले बेलायतमा भोजपुरेहरूको संख्या दिनानुदिन बढदै गएकाले भोजपुर सेवा समाज पनि मजबुत बन्दै गएको बताईन ।