युएई । बैदेशिक रोजगारीको सिलसिलामा युएई मा कोबिट १९ बाट प्रभावित भएका, रोजगारी गुमेका र भिजिट भिषामा युएईमा अलपत्र रहेका भोजपुरेहरुलाई भोजपुर हातेमालो सेवा समाज युएईले आपतकालीन राहात वितरण गरेको छ ।
समाजको आपतकालीन अनलाईन मिटिङ्गबाट पीडित भोजपुरेहरुको तथ्याङ्क सङकलन गरी राहात वितरण गरेको हो । समाज युएईको सबै क्षेत्रीय समितिलाई तथ्याङ्क संकलन गरी ३३ जना रोजगार गुमेका र कम्पनीले बेतलबी छुट्टीमा राखेकाहरुलाई राहात वितरण गरिएको बरिष्ठ उपाध्यक्ष छिरिङ्ग शेर्पाले जानकारी दिए ।
युएईको बिभिन्न शहरहरु आबुधाबीमा १६, अलऐनमा १२ र दुबैमा ५ जना पीडितहरुलाई राहात वितरण गरेको सस्थाका केन्द्रीय अध्यक्ष भिम थापाले जानकारी दिए । साथै राहत बितरणमा अलऐन क्षेत्रमा क्षेत्रीय अध्यक्ष हेम भन्डारी केन्द्रीय सल्लाहाकार प्रेम शेर्पा क्षेत्रीय सचिब टिकाराम बस्नेत सहितको टोलीले जुन १२ तारिकमा पीडितको वासस्थानमा राहत वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिए ।
आबुधाबी क्षेत्रमा केन्द्रीय महसचिब रामकुमार तिरुवा र कोषाध्यक्ष अस्मी तामाङ्गको टोलीले जुन १३ तारिक राहत बितरण गरेका छन । साथै १३ तारिकका दिनै दुबै क्षेत्रमा केन्द्रीय अध्यक्ष थापाले बितरण गरेका थिए । संस्थामा आवद्ध भएर यो परिस्थितीमा साथ सहयोग गर्ने सबै भोजपुरबासी दाजुभाई तथा दिदीबहिनीहरु प्रति संस्थाको तर्फ बाट अध्यक्ष थापाले सबै सहयोगीहरुलाई धन्यवाद दिए ।