ब्रिटिस आर्मी र सिंगापुर पुलिसका लागि ७ सय ७० युवालाई आमन्त्रण

लण्डन । बेलायत सरकारले ब्रिटिस आर्मी र सिंगापुर पुलिसका लागि ७ सय ७० नेपाली युवालाई अन्तिम प्रतिस्पर्धामा आमन्त्रण गरेको छ । तीमध्ये ब्रिटिसमा ३४० र सिंगापुरमा १४० जनालाई छनौट गरिने छ ।

 

ब्रिटिस आर्मी मुख्यालयले १० डिसेम्बरमा रेक्रुट इन्टेक आरआई–२०२१ का निम्ति नामावलीसहित बोलाएको छ । बेलायतले मनाङ, मुस्ताङ, डोल्पा, सिरहा, धनुषालगायत ५६ जिल्लाका युवालाई अन्तिम प्रतिस्पर्धामा सामेल हुन आव्हान गरेको छ ।

 

कोरोना महामारीका कारण गत वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये सीमित युवालाई मात्र मौका दिइएको थियो । यस वर्ष नियमित तालिकाभन्दा एक महिना पछाडि जनवरी २३ बाट सिंगापुर र फेब्रुअरी २ बाट ब्रिटिस गोर्खाको छनोट हुने जनाइएको छ ।

 

अन्तिम छनोट पोखरामा हुनेछ । अन्तिम प्रतिस्पर्धामा सिंगापुर पुलिस फोर्सका निम्ति २ सय १० जना बोलाइएका छन् जसमध्ये १ सय ४० जना छनोट हुनेछन् ।

 

त्यसैगरि ब्रिगेड अफ गोर्खाजका निम्ति देशभरिबाट ५ सय ६० जनालाई प्रतिस्पर्धामा बोलाइएको छ । अन्तिममा ३ सय ४० जना छनोट हुनेछन् । गत वर्ष ब्रिटिसमा ४ सय ३२ जना र सिंगापुरमा २ सय २० भर्ती लिइएको थियो । यस वर्ष छनोट प्रक्रिया छोटो र सहज तुल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार