भोजपुर । कोरोना भाइरसको संक्रमणदर दिनानुदिन बढदै जाँदा बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटिएको छ । हालसम्म देखा परेको भाइरस भन्दा फरक प्रकृतिको भाइरस भेटिएको बेलायतको स्वास्थ्य मन्त्री म्याट ह्यानकले पुष्टि गरेको छ ।
सोमबार बेलायती संसदमा बोल्दै उनले बेलायतको दक्षिण पूर्वी क्षेत्रमा नयाँ किसिमको भाइरस पाइएको जानकारी दिदै पुष्टि गरेको हो । नयाँ भाइरसका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी दिई सकेको र कोरोना भाइरसविरुद्धको प्रयोग भइरहेको खोपले उक्त भाइरसलाई काम गर्न सक्ने या नसक्ने यकिन नभएको पनि मन्त्री म्याट ह्यानकले बताए । नयाँ भाइरसका बारेमा थप अनुसन्धान भइरहेको पनि मन्त्री ह्यानकले बताए ।
नयाँ भाइरस द्रुत गतिमा फैलिइरहेको र बेलायतका ६० वटा स्थानीय निकायहरुमा यस बारेमा यस्तो पाइएको पनि उनले जानकारी दिएका छन् । नयाँ प्रकारको भाइरस गत साता केन्टमा पाइएको बताइएको छ ।