
लन्डन । गोर्खा अभियन्ता बुद्धिजीवि डा. चन्द्र लक्सम्बाको निधनमा गोर्खाहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले दुःख व्यक्त गर्दै वक्तव्य जारी गरेको छ ।
गेसोका सल्लाहकार समेत रहको डा लक्सम्बाको निधनले अपुरणीय क्षति पुगेको भन्दै गोर्खा भुतपर्व सैनिक संघ (गेसो)ले निधनप्रति दुःख व्यक्त गर्दै शोक वक्तत्व जारी गरेको हो ।
गोर्खा भुतपुर्व सैनिक संघ (गेसो) का सभापति कृष्ण कुमार राईद्वारा जारी वक्तव्यमा स्वर्गीय डा. लक्सम्बालाई एक कुशल सल्लाहकारको रुपमा गेसोले स्मरण गर्दै गोर्खा आन्दोलनको अभियानमा क्षति पुगेको समेत जनाएको छ ।
गोर्खाहरुमाथि भएको विभेद अन्त्यको लागि बेलायत सरकारको प्रतिनिधि, नेपाल सरकार र गोर्खाहरुबीच सम्मिलित प्राविधिक समितिको १३ बुँदे प्रतिवेदन तयार गर्न अहम भूमिकाको कदर गर्दै स्मरण समेत बक्तव्यमा गरिएको छ ।
गोर्खा भुतपुर्व सैनिक संघ गेसोले गेसो प्लमस्टिड समितिका सदस्य जितजंग गुरुङ र अल्डरसट समितिका सल्लाहकार रन बहादुर लिम्बूको निधनप्रति पनि दुःख व्यक्त गरिएको छ । उनीहरुको निधनबाट गेसोलाई मात्रै नभइ सिंगो गोर्खा आन्दोलनलाई नै अपुरणीय क्षति पुगेको गेसोले जनाएको छ ।
मृतक अभियन्ताहरुले गोर्खा आन्दोलनलाई पु¥याएको योगदानको स्मरण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।








