बेलायतबाट अन्य देशको यात्रा गर्दा अनिवार्य कारण खुलाउनुपर्ने

लण्डन । बेलायत सरकारले अन्य देशको यात्रा गर्दा अनिवार्य कारण खुलाउनुपर्ने नियम लागु गरेको छ । सोमबारदेखि लागु हुने गरी अन्य देशको यात्रा गर्नेहरुले उचित कारणहरु देखाएर मात्र यात्रा गर्नुपर्ने भएको हो ।

 

यात्रा गर्दा अनिवार्य फारम भरेर तोकेको नियमको आधारमा विदेश यात्रा गर्न पाउने नियम छ । सरकारले तोकेको मापदण्ड बाहेक यात्रा गरेको पाइएमा २ सय पाउण्ड जरिवाना समेत हुन सक्ने भएको छ ।

 

यात्रा गर्नका लागि सरकारको वेभसाइट जीओभीडट युकेमा उपलब्ध गराइएको छ । यात्रुहरुले आफूले बेलायतबाट यात्रा गर्नुको कारण खुलाउनु पर्नेछ । यस्तो फाराम भरेर मोवाइलमा डाउनलोड र प्रिन्ट गर्न सकिने व्यवस्था गरेको छ ।

 

जारी लकडाउन रहेकै अवस्थामा सरकारको निर्देशनअनुसार काम, अध्ययन र स्वास्थ्यका कारण भएमात्र बेलायत बाहिर जान पाइने छ । कोरोनाभाइरसको संक्रमणदर उच्च रहदाँ पनि विदा मनाउन मानिसहरु बाहिरिन थालेपछि सरकारले यस्तो नियम लागु गरेको हो । यसबाट कोरोनाको खोप लगाउँदै नेपाल जान खोज्ने नेपालीहरुलाई पनि असर गरेको छ ।

 

बेलायतको प्रहरीले बन्दरगाह र विमानस्थलहरुमा कडाई गर्न थालेको छ । सोमबारदेखि यात्रा गर्नुको कारण अनिवार्य सोध्न र भरिएको फाराम निरीक्षण गर्न सुरक्षा निकायलाई अनुमति दिइएको बेलायतको यातायात मन्त्रालयले जनाएको छ । फाराम विना यात्रा गर्नुलाई आपराधिक कार्यको सूचीमा राख्ने भएको छ ।

 

१८ वर्षमुनीका र फाराम भर्न नसक्ने शारीरिक क्षमता कमजोर भएकाहरुलाई यो नियम लागू हुने छैन । बेलायतमा सरकारले मे १७ भन्दा अगाडी विदा मनाउन अनुमति दिएको छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार