बेलायतमा लकडाउन खुकुलो बनाइदै

लन्डन । कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि बेलायतमा जारी लकडाउनलाई सरकारले खुकुलो बनाउदै लाने भएको छ । कोरोनाबाट असहज बनेको जनजीवनलाई सहज बनाउन बेलायत सरकारले लकडाउनलाई खुकुलो बनाउदै लाने भएको हो ।

 

कोरोनाभाइरसको संक्रमण अत्याधिक बढेपछि बेलायत सरकारले थप कडाईका साथ लकडाउन गरेका थिए । कोरोनाभाइरसको संक्रमणदर र मृत्यदर क्रमश आरोलो लाग्न थालेपछि २९ मार्च अर्थात आउँदो सोमबारदेखि जनजीवनलाई सहज बनाउदै लैजानका लागि लकडाउन खुकुलो बनाउने भएको छ । लकडाउनमा थप कडाई गर्दै चार महिनापछि मानिसहरुले छ जनासम्म वा दुई घरपरिवारबीच भेटघाट गर्न पाउने नियम लागु गरी लकडाउनलाई खुकुलो हुने भएको छ ।

 

सरकारले ‘रुल अफ सिक्स’ को नियम लागु गर्दै घरबाहिर पार्क तथा सार्वजनिक स्थल, घरबाहिर निजी बगैचामा भेटन पाउने भएको छ । आइतबार मध्यरातदेखि सरकारद्वारा जारी ‘स्टे होम’ को नियम अन्त्य भएर आफन्त तथा एकापसबीच भेटघाटको बाटो खुल्नेछ । पार्क तथा सार्वजनिक स्थल लगायत घरबाहिर गरिने भेटघाटमा कोरोना सम्बन्धि नियमको पालना गर्नुपर्नेछ ।

 

 

एकाघर बाहेकका मानिसहरुसंगको भेटघाटले कोरोना संक्रमण बढ्ने खतरा भएको भन्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । अझै पनि ‘स्टे लोकल’ को नियम जारी रहेको र टाढाको यात्रामा भने नियन्त्रण गरिने बताइएको छ ।बढीमा दुई घरका मानिसहरुबीचमा घरबाहिर बगैचामा भेटघाट गर्न पाउने भएता पनि घरभित्रको भेटघाटलाई रोक लगाएको छ । चर्पी प्रयोग गर्नका लागि भने घरभित्र जान पाउने व्यवस्था गरेको छ ।

 

 

प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा ४ चरणमा लकडाउन खुलाउने घोषणा गरे अनुसार मार्च ८ तारिखबाट विद्यालयहरु सञ्चालन भइसकेका छन् भने मार्च २९ देखि घरबाहिर ६ जनासम्म वा दुई परिवारको जमघटलाई अनुमति दिइएको छ । साथै टेनिस, बास्केटबल लगायत आउटडोर खेलस्थल पनि सुचारु हुने बताइएको छ ।

 

लकडाउन खुला गर्ने दोस्रो चरण अप्रिल १२ बाट अहिले बन्द रहेका अत्यावश्यकबाहेकका सबै ’रिटेल’ व्यवसाय सुचारु हुनेछन् । जीम, हेयर ड्रेसरदेखि लाइब्रेरी, म्यूजियम, बियर गार्डेन, थिम पार्क लगायत सार्वजनिक स्थलहरु खुला हुनेछ । पब, रेष्टुरेन्टले ‘टेकवे’ का साथै आउटडोर सेवा सुचारु गर्ने र अन्तिम संस्कारमा ३० र वैवाहिक समारोहमा १५ जनासम्मको नियम भने कायम रहनेछ ।

 

 

तेस्रो चरणमा मे १७ देखि धेरै व्यवसाय खुल्नुका साथै ‘सामाजिक सम्पर्क’ माथिका अधिकांश बन्देज हटाइने छ । पब, रेष्टुरेन्ट लगायत सुचारु हुने भएको छ । यो चरणमा ६ जना वा दुई घर परिवारले ‘इन्डोर’ भेटघाट गर्न पाउने छन् । खेलकुद इभेन्टहरुमा १० हजारसम्म दर्शक सहभागी हुन पाउनेछन् ।

 

 

चौंथो तथा अन्तिम चरणमा जुन २१ देखि अहिले लागू सबै प्रतिवन्धहरु हटाइनेछ र इंग्ल्याण्ड लकडाउनमुक्त हुनेछ । तर यसका लागि सरकारले विभिन्न चारवटा मान्यता पूरा हुनुपर्ने र यसो भएमा मात्र लकडाउन खुल्ला गरिने बताइएको छ ।

 

हाल युरोपियन मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि थप सतर्कता अपनाउन थालिएको छ । विदेशी यात्रुलाई प्रवेशमा प्रतिबन्ध र कडाइ गरेको छ । बेलायत बाहिर जाने यात्रुहरुलाई पनि अत्यावश्यक कारणबाहेक विदेश भ्रमणमा रोक लगाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार