बेलायतमा पुर्ण रुपमा निषेधाज्ञा (लकडाउन) हट्यो

लन्डन । कोरोना महामारीका कारण बेलायतमा लामो समयदेखि जारी भएको निषेधाज्ञा (लकडाउन) आज सोमबारदेखि पुर्ण रुपमा हटेको छ । कोरोना संक्रमणको तेस्रो लहरको मारमा परेको बेलायत झन्डै १६ महिनापछि निषेधाज्ञा (लकडाउन) हटेको हो ।

 

लकडाउन हटेपनि कोराना अझै बढन सक्ने अनुमान गरिएको छ । मानिसहरुको दिनदैनिकीमा सहजता ल्याउनका लागि बेलायत सरकारले निषेधाज्ञा पुर्ण रुपमा हटाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले जारी निषेधाज्ञालाई हटाउदै ‘फ्रिडम डे’ को रूपमा समेत घोषणा गरेका थिए । बेलायतमा संक्रमणदरमा तीव्रता आए पनि सरकारले निषेधाज्ञा (लकडाउन) हटाएको छ ।

 

अघिल्लो महिना निषेधाज्ञा (लकडाउन) खुला गर्ने सरकारले रोडम्याप सार्वजनिक गरेको भए पनि इन्डियन (डेल्टा) भेरिएन्टको संक्रमण दर तीव्र रूपमा बढेपछि निषेधाज्ञा हटाएको थिएन ।

सरकारले चरणबद्ध रूपमा लकडाउन खुकुलो पार्दै चौथो तथा अन्तिम चरणमा निषेधाज्ञ (लकडाउन) सम्बन्धी सम्पूर्ण प्रतिबन्धहरू हटाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार