गैर-आवसीय नेपाली संघ बेलायतको अध्यक्षमा प्रेम गाहा मागर विजयी

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्षमा प्रेम गाहा मगर विजयी भएका छन् । नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सकिएसँगै प्रेम गाहा मगर विजयी भएका हुन् ।

 

अध्यक्षका दुई प्रत्यासी रोजिना प्रधान राई र दीपक श्रेष्ठलाई पराजित गर्दे आगमी दुई बर्षे कार्यकालका लागि गाहामगर निर्वाचित भएको हो । गाहा मगरले ४ हजार ५ सय ७४ मत ल्याए भने दीपक श्रेष्ठले २ हजार १ सय ९१ र रोजिना प्रधान राईले दुई हजार १ सय ४८ मत ल्याए ।

 

त्यस्तै उपाध्यक्षमा गोविन्द खरेल, रामचन्द्र पोखरेल, नारायण कँडेल, मोहन कार्की र सुनिलबाब खड्का विजयी भएका छन भने महिला उपाध्यक्षमा शकुन्तला गुरुङ निर्वाचित भएका छन । महासचिवमा खुशी लिम्बु, सचिवमा विश्व चालिसे र ज्ञानेन्द्र आले विजयी भएका छन । महिला सचिवमा नम्रता घले विजयी भइन भने कोषाध्यक्षमा विष्णुप्रसाद खरेल र सहकोषाध्यक्ष शसांक शर्मा निर्वाचित भएका छन । महिला संयोजकमा विमला लिम्बु विजयी भईन भने युवा संयोजकमा तीर्थबहादुर मल्ल विजयी भएका छन । त्यसैगरी सदस्यहरुमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा(सपना) खनियाँ, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापामगर, विशाल राई, भानुभक्त घिमिरे, बालकृष्ण दाहाल र भीमलाल खनाल विजयी भएका छन ।

 

इङल्याण्ड राज्यसमिति तर्फबाट अध्यक्ष लालबहादुर गुरुङ, उपाध्यक्ष भक्तबहादुर दर्जी, सचिव रामप्रसाद पन्थी र सहसचिव सचिन भट्टराई विजयी भएका छन भने नदर आयरल्याण्ड राज्यसमितिको अध्यक्ष बलबहादुर थापा, उपाध्यक्ष यामबहादुर रेग्मी सचिव, विष्णुबहादुर छेत्री, सहसचिव प्रेम खत्री, कोषाध्यक्ष रामु खड्का र सहकोषाध्यक्ष दीलिपकुमार आचार्य विजयी भएका छन ।

स्कटल्याण्ड राज्यपरिषद समितिको अध्यक्ष काशीराम भण्डारी, उपाध्यक्ष उज्वल कार्की, सचिव मनिष खत्री, सहसचिव यशोदा सुमी ओझा भण्डारी , कोषाध्यक्ष सर्मीला भण्डारी र सहकोषाध्यक्ष प्रजापति भण्डारी विजयी भएका छन ।

वेल्स राज्यसमितिको अध्यक्ष कृष्णप्रसाद भण्डारी, उपाध्यक्ष अमृत घले, सचिव दीपक प्रकास सुब्बा र सहसचिव सञ्जीव मैनाली विजयी भएका छन ।

गुल्मी जिल्लाको तमघास जन्म भएका गाहा मगर २६ बर्षदेखि बेलायत बस्दै आएका छन । लामो समयदेखि समाजसेवा र एनआरएनए अभियानमा क्रियाशिल गाहा मगरको तमघास र काठमाडौंमा बाल्यकाल वितेको थियो । गाहामगर २०४९ सालमा वक्सिङ खेलाडीको रुपमा राष्ट्रिय टिममा सहभागी भएर विभिन्न देशहरुमा नेपाल देशको प्रतिनिधित्व गरेका थिए । १९९६ मा बेलायती सेनामा भर्ती भएका गाहा मगर १३ बर्षसम्म सैनिक जिवन व्यातित गरेका थिए । बेलायती सैनिकमा हुदाँ पनि बक्सिङ खेलाडी रुपमा बेलायतबाट प्रतिनिधित्व गरेका गाहा मगर धेरैवटा देशहरुको समेत भ्रमण गरेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार