
लण्डन । गोर्खा भुतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ गेसोका एक टोलीले १२ दिनदेखि आमरण अनशनमा बसेको तीन गोर्खाहरुको स्वास्थ्य अवस्था बुझेको छ ।
गोर्खा भूतपूर्व सैनिक संघ गेसोका टोलीले बुधवार लण्डनस्थित बेलायतको प्रधानमन्त्री कार्यालय नजिकै आमरण अनशनमा बसेका गोर्खा ज्ञानराज राई, धनबहादुर गुरुङ र गोर्खा पत्नी पुष्पा राना घलेको स्वास्थ्य अवस्था बुझेको हो ।
गोर्खा भुतपूर्व सैनिक संघ गेसाका कार्यवहाक सभापति धर्म तामाङको टोली आमरण अनशनस्थलमा पुगेर स्वास्थ्य अवस्था बुझदै स्वास्थ्य लाभको कामना गरेका छन ।
हामी अनशनस्थलमा पुगेर उहाँहरुको अवस्था बुझियौं । उहाँहरुको स्थिती नाजुक बन्दै गएको छ । सवैभन्दा पहिलो प्राथमिकता जीवनरक्षा हो । त्यसैले चाडो भन्दा चाडो निकाशको विन्दु खोज्नु जरुरी छ । गोर्खा भुतपूर्व .सैनिक संघ गेसोका कार्यवहाक सभापति धर्म तामाङले भने –‘हामी उहाँहरुलाई उक्साउने भन्दा पनि जीवनरक्षाको बाटो जानुपर्छ भन्ने मान्यता राख्छौं । त्यसैले त्यसको निकास विन्दु खोज्नुपर्छ । त्यो भनेको बार्ताद्धारा निकास दिनुपर्छ ।’
गोर्खा भुतपुर्व सैनिक संघ गेसो र गोर्खा सत्याग्रह संयुक्त समितिको उद्देश्य एउटै हो । तर जाने बाटो फरक छ । उहाँहरुलाई हामी गुमाउन चाहदैनौं । हाम्रो तर्फबाट अनशनमा बसेकाहरुको जीवनरक्षा गर्ने हाम्रो पहलकदामी हुनेछ । कार्यवहाक सभापति तामाङले भने ।
सवै गोर्खाहरु एकैठाउँमा उभिएर संयुक्त बंैठक गरेर बाटो पहिल्याउनुपर्ने पनि तामाङले बताए ।
गेसोले गोर्खाहरुको समस्या समाधानका लागि कुटनीतिक रुपमा पहलहरु भइरहेकोले सवै गोर्खा संगठनहरु एउटै साझा धारणा बनाएर जानुपर्ने आवश्यकता रहेको पनि जनाएको छ । त्यसका लागि सवैभन्दा अनशनमा बसेका गोर्खाहरुको जीवनरक्षा पहिलो रहेको छ । कार्यवहाक सभापति तामाङले भने ।









