गोर्खाहरुको माग सम्बोधन गर्न त्रिपक्षीय छलफल

लण्डन । भूतपूर्व गोर्खाहरुको माग र समस्या समाधान गर्ने बिषयमा आज त्रिपक्षीय छलफल भएको छ । माग र समस्या समाधान गर्नका लागि बेलायत सरकार, नेपालका सरकार र गोर्खाका प्रतिनिधिहरुबीच छलफल भएको हो ।

 

लन्डनस्थित नेपाली दूतावासमा बुधबार बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूतपूर्व गोर्खाका प्रतिनिधिहरु समेतको सहभागितामा त्रिपक्षीय छलफल भएको हो ।

 

गोर्खाहरुको माग र समस्या समाधानका लागि डिसेम्बर महिनाभित्रै गोर्खाहरुको प्रतिनिधिहरु सम्मिलित नेपाल सरकार र बेलायत सरकारवीच वार्ता कमिटि गठन गरेर समस्या समाधान गरिने छलफलले निष्कर्ष निकालेको छ ।
छलफलले गोर्खाहरुको समस्या समाधानको बाटो तर्फ उन्मुख भएको .गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले जनाएको छ । बार्ता कमिटिमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको प्रतिनिधिको सहभागितामा नेपाल र बेलायत सरकारवीच कुटनीतिक रुपमा छलफल हुने पनि संयोजक राईले बताए ।
अव हुने बार्ताले गोर्खाहरुको सम्पुर्ण समस्याहरुलाई सम्बोधन गर्नेछ । यो सबै गोर्खा सत्याग्रहको आन्दोलनको उपलब्धीले भएको हो, संयोजक राईले भने ।

 

बैठकमा गोर्खाहरुको तर्फबाट सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गोर्खा भुतपुर्व सैनिक संघ गेसो सभापति कृष्णकुमार राई, बिजिडब्लुएस अध्यक्ष टिकेन्द्र दल देवान, नेसा अध्यक्ष केशबहादुर गुरुङ, गोर्खा पेन्सन इन्जस्टिस ग्रुपका अध्यक्ष उदयबहादुर गुरुङ, युबिजिएनका अध्यक्ष राम राई, गोर्खा सत्याग्रह समितिका प्रवक्ता जुद्धबहादुर गुरुङ तथा गत महिना आमरण अनसनमा बस्ने सत्याग्रह समितिका तीन अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले सहभागीता रहेको थियो ।

 

दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचारी रत्नबहादुर गोदारको पनि बैठकमा सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार