गोर्खाहरुको समस्या समाधान गर्ने बार्ताबारे गेसोद्धारा जानकारी सभा

लण्डन । गोर्खा भूतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले गोर्खाहरुको समस्या समाधानका लागि भईरहेको उपलब्धीको बारे जानकारी सभा गरेको छ ।

 

प्लमस्टीडस्थित आज गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) प्लमस्टीड शाखाको आयोजनामा गोर्खाहरुको समस्या समाधानका लागि भइरहेको उपलब्धी बिषयमा जानकारी दिने उद्देश्यले सभा सम्पन्न भएको हो । सभामा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का केन्द्रीय सभापति कृष्णकुमार राईले गोर्खाहरुको समस्या समाधानको लागि गोर्खाहरु सम्मिलित दुई देश वीच चाडै हुने कुटनीतिक बार्ता बारेमा जानकारी गराएका थिए ।

 

लन्डनस्थित नेपाली दूतावासमा बुधबार बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूतपूर्व गोर्खाका प्रतिनिधिहरु समेतको सहभागितामा त्रिपक्षीय छलफल र त्यसबाट हुने उपलब्धीको बारेमा जानकारी गराइएको थियो ।

 

गोर्खाहरुको माग र समस्या समाधानका लागि डिसेम्बर महिनाभित्रै गोर्खाहरुको प्रतिनिधिहरु सम्मिलित नेपाल सरकार र बेलायत सरकारवीच वार्ता कमिटि गठन गरेर समस्या समाधान गरिने उक्त छलफलले निष्कर्ष निकालेको  सभापति राईले सम्पुर्ण उपस्थित गोर्खाहरुलाई जानकारी दिएका थिए ।

 

कार्यक्रममा धेरै सहभागीहरुले राखेको जिज्ञासालाई सभापति राईले स्पष्ट गराएका थिए । कार्यक्रममा केन्द्रीय उपभापति धर्म तामाङ, कोषाध्यक्ष देवीमाया पुन पनि मन्तब्य राखेका थिए ।

 

कार्यक्रम गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) प्लमस्टीड शाखाका सभापति रामलाल थापाको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार