
लण्डन । लामो समयदेखि समानताको लागि चलिरहेको गोर्खा आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनका लागि गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) सम्बद्ध महिला समिति सक्रिय भएका छन ।
गोर्खा भूतपुर्व सैनिक संघ (गेसा)े महिला समितिले लामो समयदेखि चलिरहेको भूतपूर्व गोर्खा सैनिकहरुको आन्दोलनलाई थप निष्कर्षमा पुर्याउनका लागि सक्रिय भएका हुन । महिलाहरुले गोर्खा आन्दोलनलाई कुनै न कुनै रुपमा सफल पार्नका लागि उद्घोष समेत गरेका छन । शुक्रवार लण्डनको साउथ हेरोस्थित एक कार्यक्रमको आयोजना गरि भूपू गोर्खाहरुको आन्दोलनलाई सफलताको विन्दुमा पुर्याउनका लागि यस्तो उद्घोष गरेका हुन ।
गोर्खा आन्दोलनको शुरुवात र उत्कर्ष विन्दुमा सक्रिय महिलाहरु यतिबेला पुन: जागरुक भएर नेतृत्वदायी भुमिका निर्वाह गर्नका लागि लागि अग्रसर भएका छन ।
महिलाहरुले आन्दोलनको क्रममा सबै गोर्खाजन्य संस्थाहरुको सहकार्य र कार्यगत एकतालाई जोड दिदै निकट भविष्यमा हुने बार्ता सफल पार्नका लागि आब्हान समेत गरेका छन । उनीहरुले भूपूजन्य संस्था वा व्यक्तिहरुले बार्ता विपरित कुनै अभिव्यक्ति नदिन र गतिविधि नगर्नका लागि चेतवानी समेत दिएका छन । बार्ता सम्पन्न नभएसम्म महिला समितिले निरन्तर सक्रिय भुमिका निर्वाह गर्ने गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) महिला समितिका अध्यक्ष उषा राईले बताउनुभयो । गोर्खा आन्दोलनलाई तार्किक निष्कर्ष नपुगेसम्म गतिविधिलाई निरन्तर जारी राख्ने पनि बताउनुभयो ।
कार्यक्रममा गोर्खा भूतपूर्व सैनिक र तीनका परिवारहरुको ठुलो संख्यामा उपस्थिती रहेका थियो ।









