बेलायतमा फर्लो योजना बन्द

लन्डन । बेलायत सरकारले कोभिड महामारीको बेला वितरण गर्दै आएको ‘‘फर्लो’’ योजना बन्द गरेको छ । विहिवारदेखि लागु हुने गरी सरकारले फर्लो योजना बन्द गरेको हो ।

 

कोभिड महामारीको बेला कम्पनी र कामदारहरुलाई सहज तुल्याउनका लागि बेलायत सरकारले फर्लो योजना अन्र्तगत राहात शुरु गरेको थियो सरकारले कामदारको तलव व्यहोर्ने गरी उक्त राहात योजना ल्याएको थियो ।
२०२० को मार्चदेख लकडाउनसंगै फर्लो योजना शुरु गरेको थियो । उक्त योजनाबाट १ करोड १६ लाख बढी कामदार लाभान्वित भएको थियो ।

 

बेलायतमा रोजगारीका अवसरहरु महामारीपूर्वकै अवस्थामा पुगेकाले फर्लो योजना बन्द गरिएको सरकारले जनाएको छ । फर्लोमा रहेका लाखौं मानिसहरु फर्लो योजना बन्द भएपछि बेरोजगारी बढ्ने अनुमान गरिएको छ ।

 

सरकारले फर्लो स्किममा ७० विलियन पाउन्ड खर्च गरेको अर्थमन्त्री ऋृषि सुनाकले बताए । उपयुक्त समय आएकाले फर्लो योजना बन्द गरिएको उनले बताए ।

 

सरकारले महामारीका कारण बन्द वा प्रभावित कम्पनीका कामदारहरुको ८० प्रतिशत तलब (बढीमा मासिक २५ सय पाउन्ड) व्यहोर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार