
लण्डन । किरात समुदायको मुख्य पर्व उधौली विश्वरी आज आइतवार मनाइँदै छ । बेलायतमा पनि किरात राईहरुले धुमधामका साथ उधौली र उभौली मनाउदै आएको छ ।
किरात समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रूपमा रहेको उधौली पर्व पूजाआजा गरि मनाउने चलन छ ।
मुलरूपमा यी जातजातिले आ–आफ्नो पुर्खौली थलोमा उधौली पर्व मनाउने गरे पनि पछिल्लो समय देश तथा विदेशमा मनाउन थालिएको छ । तीनबर्ष अघिसम्म बेलायतमा धुमधामका साथ साकेला मनाउदै आएपनि कोभिड १९ को महामारी त्यसपछि सरकारले जारी गरेको लकडाउन र नियमले साकेला मनाउन पाएको छैन ।
यस दिनमा बेलायतमा किरात राई समुदायले आफ्नो पुर्खा र प्रकृतिलाई सम्झने र सम्मानस्वरुप पूजाआजा गर्ने गरेका छन् । एकै ठाउँमा जम्मा भएर साकेला मनाउन सम्भव नभएपनि घर घरमा पुजाआज गरेर मनाइने किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले बताए ।
तीनबर्ष अघि बेलायतमा धुमधामका साथ यसरी मनाइएको थियो । तीबर्ष अघि बेलायतमा मनाइएको साकेलाको फोटोफिचर


























