बेलायतमा यसबर्ष सोनाम ल्होछार नहुने

लण्डन । प्रत्येक बर्ष बेलायतमा तामाङ समुदायले मनाउदै आएको सोनाम ल्होछार (तक) ल्हो  वाघ बर्ष यसबर्ष नहुने भएको छ । कोभिड १९ को महामारी बढेर परिस्थिती असहज बन्दै गएपछि सोनाम ल्होछार नहुने भएको हो ।

 

सधैको बर्षझै यसबर्ष पनि २ फेव्रअरीमा तामाङ समाज युकेले सोनाम ल्होछार मनाउने तयारी गरेको थियो । बेलायतमा ओमिक्रोन भाइरस दु्रत गतिमा फैलिएर परिस्थिती जटिलतर्फ धकेलिन थालेपछि तय भएको सोनाम ल्होछार कार्यक्रम स्थगन गर्नुपरेको तामाङ समाज युकेका अध्यक्ष कुमार लामाले बताए । सामुहिक रुपमा मनाउने कार्यक्रम स्थगन भएपनि घरघरमा भने विशेष रुपमा मनाइने अध्यक्ष लामाले बताए ।

 

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी तामाङ समुदायले सोनाम ल्होसार मनाउने गरेका छन । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

 

ल्होछारका १२ वटा पशुपंक्षीको नाममा बर्षहरु गणना गरिएको छ । बेलायतमा तामाङ समुदायको उपस्थिती बढदै गएपछि ल्होछार धुमधामका हुदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार