गोर्खा संगठनहरुवीच सहकार्य र कार्यगत एकता

लण्डन । गोर्खाहरुको समस्या समाधानका लागि त्रिपक्षीय बार्ताको तयारी भइरहँदा गोर्खा भूतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ गेसोले सवै गोर्खाजन्य संस्थाहरुको सहकार्य र कार्यगत एकतालाई जोड दिएका छन ।

 

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले गोर्खाहरुको समस्या समाधानका लागि वार्ताको तयारी भइरह्दाँ सवै गोर्खा भूपूजन्य संस्थाहरुवीच सहकार्य र कार्यगत एकतालाई जोड दिएको हो । अवको बार्तामा सबै भूपूहरुको एउटै स्वर र सन्देश दिनका लागि पनि गोर्खाजन्य संस्थाहरुवीच सहकार्य र कार्यगत एकता हुनेपर्ने कुरालाई गेसोले जोड दिएका छन । त्यसका लागि सवै भूतपूर्व गोर्खा संस्थाहरुबीच बनेको कार्यगत एकताका लागि गरिएको सहमतिमा प्रतिवद्ध हुनुपर्ने कुरालाई जोड दिए ।

 

लामो समयदेखि गोर्खाहरुमाथि हुँदै आएको विभेदलाई अन्त्य गर्ने ऐतिहासिक अवसर भएको भन्दै गेसो सभापति राईले यसलाई भरपुर सदुपयोग गर्नका लागि सवै गोर्खाजन्य संस्थाहरुको एकता र सहकार्य अनिवार्यता रहेको बताए । सबै गोर्खाजन्य संस्थाहरुहरुवीच सहकार्य र एकताको जरुरी रहेको छ सभापति राईले भने ।

 

विगतमा पनि गोर्खाजन्य संस्थाहरुजवीच सहकार्य र कार्यगत एकता भएको स्मरण गराउदै राईले सबै गोर्खाजन्य संगठनहरुवीचको सामुहिकतालाई जोड दिएका छन । ‘एक हिसावमा हाम्रो सहकार्य र कार्यगत भइसकेको छ । यसलाई कार्यन्वयन तहमा लानु मात्रै बाँकी छ । यसलाई हामी चाडै मुर्त रुप दिन्छौं’, सभापति राईले भने, ‘सवैको स्वर एउटै भए आवाज ठुलो हुन्छ । त्यसले दिने प्रतिफल पनि राम्रै हुन्छ ।’

 

सहकार्य कार्यगत एकता भइसकेका गोर्खा जन्य संस्थाहरुवीच भेला, जानकारी सभा जस्ता कार्यक्रमहरु छुट्टाछुट्टै नभई सामुहिक रुपमा हुने पनि सभापति राईले बताए । ‘अबका सबै कार्यक्रम र अभियानहरु संयुक्त र साझा रुपमा हुन्छ’, उनले भने ।

 

संवेदनशील समयमा सबै गोर्खाजन्य संगठनहरु गम्भिर भएर सामुहिक रुपमा अगाडी बढनुपर्ने आवश्यकतालाई पनि राईले औल्याए । गोर्खाहरुको आन्दोलन तार्किक निष्कर्षमा पुग्न नसक्नुमा गोर्खाहरुवीच भएको बेमेल भएकोले यसतर्फ सजग भएर अगाडी बढनुपर्ने राईको धारणा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार