यी हुन् संसारकै हट मेकानिक, ग्यारेजमा गर्छिन् काम

टेन्टिन लेगास्पी मेनेसिस कार मेकानिक हुन् । उनले आफू संसारकै सबैभन्दा हट मेकानिक भएको दावी गर्छिन् । टेन्टिनका अनुसार गाडी मर्मत गर्न आउने कैयौं मानिसहरु उनीसँग बाहिर भेट्ने प्रस्ताव पनि राख्छन् । उनले यस्ता मानिसहरुको प्रस्ताव पटक पटक अस्वीकार गर्नु परिरहन्छ । टेन्टिन मोडलिङ पनि गर्छिन् र मोडलिङमा पनि उनी निकै चर्चित भएकी छिन् । उनी फिलिपिन्सकी हुन् र आफूलाई ‘प्राउड फिलिपिना ब्युटी’ भन्छिन् ।

 

टेन्टिनले विगत १० वर्षदेखि मेकानिकको काम गरिरहेकी छिन् । उनले १५ वर्षको उमेरमै मेकानिकको काम सुरु गरेकी थिइन् । अहिले उनी २६ वर्षकी भइन् । टेन्टिनका अनुसार पुरुषहरुको ‘सेक्सिस्ट कमेन्ट’ले उनलाई कुनै फरक पर्दैन । उनको ध्यान काममा हुन्छ । द सन अखबारसँग कुरा गर्दै उनले भनिन् ‘म एक्लै काम गर्न मन पराउँछु किनकि पुरुषहरुले घुरेर हेर्दा म असहज महसुस गर्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार