
लन्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति आश्फोर्टको अध्यक्षमा बसुन्धरा नयोङ्ग राई निर्वाचित भएकी छिन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति आश्फोर्टको शनिवार सम्पन्न सार्तौ अधिवेशनबाट बसुन्धरा नयोङ्ग राई पुनः अध्यक्षमा निर्वाचित भएकी हुन ।
अधिवेशनले २५ सदस्यीय कार्यसमिति र युवा समिति चयन गरेको छ । अधिवेशनबाट समितिको उपाध्यक्षमा सरला साम्पाङ र राई, शिवानी चाम्लिङ राई निर्वाचित भएकी छिन । सचिवमा डिल्लीराम चाम्लिङ राई, कोषाध्यक्षमा शुभचन्द्र बान्तावा राई र सहकोषाध्यक्षमा मिलन चाम्लिङ्ग निर्वाचित भएको छ । अधिवेशनले साँस्कृतिक सचिवमा चित्र चाम्लिङ्ग राई र साँस्कृतिक सह–सचिवमा कल्पना चाम्लिङ्ग राईलाई निर्वाचित गरेको छ ।
अधिवेशनले जगत पुमा राई, खगेन चाम्लिङ राई, मणि राई, पूर्णिमा थुलुङ राई, कृष्णकुमारी खालिङ राई भक्तकुमार दुमी राई, राजेन्द्रकुमार वाहिङ राई, शिवराज मेवाहाङ राई, असय वाम्बुले राई, सुवाश बान्तावा राई, छरे खालिङ राई, आशा बान्तावा राई, सुधा साम्पाङ राई, नयन चाम्लिङ राई, राजन सिं राई र एलिसा वाम्बुले राईलाई सदस्यमा निर्वाचित गरेको छ ।
अधिवेशनले युवा समिति समेत चयन गरेको छन । युवा समितिको संयोजकमा नयन चाम्लिङ राई र सदस्यहरुमा सुरज चाम्लिङ राई, कामना चाम्लिङ राई, डा. प्रियंका लुङछवा राई र योगेन बान्तावा राई चयन भएको छ ।
अधिवेशनमा प्रमुख अतिथिमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको अध्यक्ष मेजर योगेश कोयी राई, अतिथिहरुमा केन्द्रीय कार्यसमितिका सदस्य मनिकला राई लण्डन प्रारम्भिक कार्यसमितिका अध्यक्ष विमलाकुमारी राई र मेडिस्र्टन प्रारम्भिक कार्यसमितिका अध्यक्ष रामजंग राजन राई रहेका थिए ।












