नयाँ बर्षको अवसरमा शुभकामना आदनप्रदान

लन्डन । गोर्खा नेपलिज वेल्फेयर सोसाइटी युकेले नेपाली नयाँ बर्ष २०७९ को अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । लन्डनको साउथ हेरोस्थित हेरोवरो क्लवमा शनिवार नयाँ बर्ष शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाली संस्कार सँस्कृतिहरुलाई जीवन्त दिनका लागि आयोजित कार्यक्रममा भेटघाट तथा सांगीतिक कार्यक्रमहरु गरिएको थियो । २ सय भन्दा बढिको सहभागिता रहेको कार्यक्रममा कलाकारहरुले नेपाली गीतमा प्रस्तुती दिएका थिए । कार्यक्रममा कोभिड १९ को महामारीपछि प्रत्यक्ष भेटघाट कार्यक्रम भएकाले एकआपसमा प्रसन्नताका साथ शुभकामना आदनप्रदान गरेका थिए ।

 

गोर्खा नेपलिज वेल्फेयर सोसाइटीले प्रत्येक बर्ष यसरी नै शुभकामना आदनप्रदान कार्यक्रम गर्ने गरेपनि कोभिड १९ को महामारीले दुईबर्षपछि मात्र कार्यक्रम सम्पन्न गरेको हो ।

आफ्नो संस्कार, संस्कृति, चाडपर्व लगायतका कुराहरुलाई संरक्षण, संवर्द्धन गर्नका लागि यस खालको कार्यक्रम गर्ने गरेको छौं । आशा छ, नयाँ बर्षको पावन अवसरमा हामीले गरेको कार्यक्रमहरु अवश्य टेवा पुग्ने विश्वास लिएको गोर्खा वेल्फेयर सोसाइटी युकेका अध्यक्ष गञ्ज आलेले बताउनुभयो ।
अहिले हामीले बेलायतमा यस्ता कार्यक्रमहरु गरेर नयाँ पुस्ताहरुलाई पनि सिकाउने र पुस्ता हस्तान्तरण गर्दै हाम्रो नेपाली संस्कार संस्कृतिलाई जीवन्त राख्न प्रयासरत गरिरहेको अध्यक्ष आले बताए ।

बेलायतमा बस्ने सबै नेपालीहरु आवद्ध रहेर यो संस्था सञ्चालित रहेको छ । विदेशमा बसेर नेपाली संस्कार संस्कार संस्कृति, भाषा धर्मलाई पनि बचाई राखौं र हामी नेपालमा छौं, नेपाली हौं भनेर अनुभुत गराउनका लागि शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको गोर्खा नेपलिज वेल्फेयर सोसाइटी युकेका महासचिव विमला राईले बताउनुभयो । यस्तो कार्यक्रम मनाउँदा सबै जना खुसी रहेको, यस्तो कोरोनावीच पनि उत्साह रुपमा उपस्थित भएर कार्यक्रम सफल बनाएको महासचिव राईले बताउनुभयो ।

 

नेपालको संस्कार संस्कृतिलाई मात्र जगर्ने नभई आफ्नो देशको पहिचान दिनका लागि यस्तो कार्यक्रम गरिएको गोर्खा वेल्फेयर सोसाइटी युकेका पुर्व अध्यक्ष कृष्णबहादुर राईले बताउनुभयो । यस्तै कार्यक्रमहरुबाट नै नयाँ पुस्तालाई विदेशमा रहेका हाम्रो नयाँ पुस्तालाई संस्कार संस्कृति र पहिचानलाई सिकाउनुपर्ने पुर्व अध्यक्ष राईले बताउनुभयो ।
कार्यक्रममा लोक वाद्यवादक छेत्राकला राईले विनायो बाजा बजाएर नेपाली संस्कार संस्कृतिको झल्को दिनुभएको थियो । कार्यक्रममा अधिकांश सहभागीहरु मन खोलेर कलाकारहरुले दिएको प्रस्तुतीमा मनोरञ्जन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार