
लन्डन । पुन समाज युकेले यसपटक बार्षिक समर भेटघाट कार्यक्रम गर्ने भएको छ । स्पोर्ट लिजर सेन्टर फेल्थाममा यही आउँदो १४ मे मा समर भेटघाट कार्यक्रम गर्ने भएको हो ।
बेलायतमा नेपाली संघसंस्थामध्ये क्रियाशिल पुन समाज युकेले कोभिड महामारी पछी बृहत रुपमा कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुती दिने कार्यक्रम छ ।
कार्यक्रममा लोक, पप तथा लोकदोहोरी गीतहरु प्रस्तुती रहने पुन समाज युकेका अध्यक्ष धनबहादुर थाने पुनले बताउनुभयो । कार्यक्रममा नेपालमा ख्याती कमाएका कलाकलारहरुले प्रस्तुती दिने अध्यक्ष पुनले बताउनुभयो ।
बार्षिक भेटघाट कार्यक्रममा गायक गगन पुन र गायिका गीता पुनले प्रस्तुती दिने कार्यक्रम छ । कार्यक्रममा पुन युवाहरुले झाँकी प्रर्दशन र पुख्र्यौली नृत्य समेत गर्ने कार्यक्रम रहेको छ ।







