
लन्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति बेजिङस्टोकले साकेला उभौली तथा साधारण सभा संयुक्त रुपमा सम्पन्न गरेको गरेको छ ।
शनिवार बेजिङस्टोकको पब्लिक कम्युनिटी हलमा साकेला उभौली तथा बार्षिक साधारणसभा संयुक्त रुपमा सम्पन्न गरेको हो । साधारणसभा र साकेला उभौली दुई चरण गरेर सम्पन्न गरिएको थियो । पहिलो चरणमा साधारणसभा सम्पन्न भएको थियो भने दोस्रो चरणमा साकेला उभौली धुमधामका साथ मनाइएको थियो ।
किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति बेजिङस्टोककी अध्यक्ष सुमित्रा राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतका अध्यक्ष मेजर योगेश कोयी राई, विशिष्ट अतिथिमा ब्ल्याक एण्ड एसियन माइनरटी ग्रुपका अध्यक्ष शिवजी श्रेष्ठ र बेजिङस्टक नेपाली समाजका अध्यक्ष ओम गुरुङ रहेको थियो ।
कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका महासचिव देवेन्द्र राई, चाम्लिङ खाम्बातिमका अध्यक्ष भाग्यवती राई, किरात राई किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति मेडिस्टनका अध्यक्ष राजन रामजङग राई, किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लन्डनका मनिकला राईको पनि अतिथिको रुपमा उपस्थित रहेको थियो ।
कार्यक्रममा पितृहरुको सम्झानामा सुम्निमा र पारुहाङलाई किरात राईहरुको मुल देवता मान्दै साकेला थान बनाएर पुजा समेत गरिएको थियो ।
नयाँ कार्यसमिति गठन भएको एक बर्ष पुरा भएको अवसरमा बार्षिक साधारण सभा गरिएको थियो । साधारणसभा कार्यक्रममा सचिव किसन राईले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सोना राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बेजिङस्टोक बसोवास गर्न आउने ५ जना नवआगन्तुक किरात राई समुदायका सदस्यहरुलाई स्वागत समेत गरिएको थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दे किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतका अध्यक्ष योगेश कोयी राईले बेलायतमा किरात राई यायोक्खा एउटा मात्र रहेको र केही राई समुदायका व्यत्तिहरुले अर्को समुह खडा गरेर संस्थाको नीति नियमभन्दा बाहिर गएर गतिविधि गरिरहेकाले त्यस्तोमा नफस्न सबैसंग अनुरोध गरेका थिए । फरक रुपमा अन्य साथीहरुले गतिविधि गरिरहे पनि मुख्य चाडपर्वहरु भने संयुक्त रुमा मनाउने प्रयास समेत भईरहेको अध्यक्ष राईले बताए ।
किरात राईहरु नेपालमा ३२ पुस्ता शासन गरेको विशेष प्रकारको संस्कार संस्कृृति बोकेको साँस्कृति महत्व बोकेको जाती भएकाले नयाँ आउने पिँढीहरुलाई संस्कार सस्कृति सिकाउन आवश्यक रहेको ब्ल्याक एण्ड एसियन माइनरटी ग्रुपका अध्यक्ष शिवजी श्रेष्ठले बताए ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिनदेखि किराँत राई समुदायहरुले मनाउदै आएको उभौली पर्व बेजिङस्टोक बस्ने किरात राईहरुले साकेला उभौली मनाए ।
बाली लगाउनुअघि रोगव्याधी नलागोस भनी प्रकृतिसंग शक्ति प्रदान गर्नका लागि प्रकृतिको पूजा आराधना गरि मनाउने प्रचलन छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । कार्यक्रममा उपस्थित भएका अधिकांश ढोल र झेम्टाका तालमा साकेला नाचेका थिए ।
कार्यक्रमको अन्त्यमा किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति बेजिङस्टकी अध्यक्ष सुमित्रा राईले साकेला उभौली उत्साहका साथ मनाउन आउने सबै आगन्तुक पाहुना र स्थानीय सहयोगीहरुलाई धन्यवाद व्यक्त गरिन । किरात राईहरु प्रकृतिपुजक, भुमीपुजक भएकाले संस्कार संस्कृति बचाउनुपर्ने कुरालाई जोड दिइन ।










