गोर्खाहरुको नागरिकता निरन्तरताका लागि छुट्टै विधेयक आउनुपर्ने

लन्डन । सदनमा नागरिकता विधेयक पास भएपछि बेलायती सेनामा काम गरेको भूतपूर्व सैनिक र तीनका परिवारहरुको नागरिकता निरन्तरताका लागि छुट्टै विधेयक आउनुपर्ने कुरालाई जोड दिन थालिएको छ । पारित नागरिकता विधेयक जस्तै गोर्खाहरुको नागरिकता निरन्तरताका लागि छुट्टै विधेयक आउनुपर्ने गोर्खा संगठनहरुले जोड दिएका छन ।

 

ब्रिटिस गोर्खा नागरिकता निरन्तरता समितिका संयोजक सुनबहादुर तामाङले सिलिचुङ डटकमसंग संक्षिप्त कुराकानी गर्दै बेलायती सेनामा काम गरेका गोर्खा सैनिक र तीनका परिवारहरुको बंशजको आधारमा नागरिकता निरन्तरता हुनुपर्ने र त्यसका लागि अर्को विधेयक आउनुपर्ने कुरालाई जोड दिएका हुन । जसरी एनआरएनएहरुको बिषयमा विधेयकमा उल्लेख भयो, त्यसरी नै विधेयकबाट गोर्खा र तीनका परिवारहरुको नागरिकता निरन्तरताको बिषयमा सम्बोधन हुनुपर्ने संयोजक तामाङले बताए । गोर्खाहरुको बिषयमा कही कतै उल्लेख भएको छैन, त्यसैले छुट्टै कानुन निमार्ण गरेर हाम्रो समस्या समाधान हुनुपर्छ उनले भने–‘‘कतिपयले गोर्खाहरुलाई एनआरएनएको रुपमा बुझने गरेका छन । तर हामी गोर्खाहरु एनआरएनए होइनौं । गोर्खाहरु राज्यको सन्धी सम्झौताबाट बेलायत आएको हो । हामी गोर्खाहरु एनआरएनए भित्र पर्देनौं ।’’

 

गोर्खाहरुको नागरिकता निरन्तरताको बिषय सदनमा समेत कुरा उठेको स्मरण गर्दै संयोजक तामाङले सरकारले छुट्टै विधेयक ल्याएर गोर्खाहरुको नागरिकता निरन्तरताको बिषयमा सम्बोधन हुने विश्वास समेत व्यक्त गरेका छन । तामाङले गोर्खाहरुको नागरिकता निरन्तरताको बिषयमा संसदमा जरुरी सार्वजानिक महत्वको बिषय समेत दर्ता भइसकेको उल्लेख गरे । उक्त बिषयमा बहस हुने र त्यसपछि क्रमश गोर्खाहरुको नागरिकता निरन्तरताको बिषयले प्राथमिकता पाउदै जाने पनि उनले बताए ।

 

गोर्खाहरुको नागरिकता निरन्तरताका लागि सबै राजनीतिक पार्टीहरुसंग मिलेर काम गर्ने पनि तामाङले बताए । राजनीतिक पार्टीहरु सहमत नभएसम्म संसदमा कुनै पनि बिषयले प्रवेश नै पाउदैन, त्यसैले राजनीतिक दलहरुलाई सहमत गराउनुपर्छ उनले भने ‘‘अब हामी सुची नै तयार गरेर हाम्रो मुद्दा अगाडी बढाउछौं । त्यसैका आधारमा दलहरुलाई पनि सहमत गराउनेछौं ।’’

 

गोर्खाहरुको समस्याहरु सबै पार्टीहरुलाई भनिरहेको र त्यसैका आधारमा सबै पार्टीहरु विस्तारै सहमत भईरहेको पनि उनले बताए । हामीले सत्यतथ्य कुरा भनेपछि धेरै सांसदहरुले हाम्रो समस्या बुझनु भएको छ । विगतमा हामीले बुझाउनुपर्ने ठाउँमा बुझाउन सकेनौं, त्यसैले विगतमा हाम्रो पनि कमजोरी रह्यो संयोजक तामाङले भने ।

 

नेपाल सरकारलाई धेरै पाटोबाट बुझाउनुपर्ने र बुझाउदै आएकाले सदनमा सांसदहरुले गोर्खाहरुको बिषयमा बोल्नुभएको पनि तामाङले स्मरण गरे । सत्य कुरा यो हो, भनेर भन्नुपर्छ । हाम्रो कुरामा सबैलाई भन्नुपर्ने पनि उनले बताए ।

 

गोर्खाहरुको नागरिकता निरन्तरता कसैको स्वार्थमा भन्दा पनि राष्ट्रिय मुद्दाको रुपमा अगाडी बढनुपर्ने कुरालाई संयोजक तामाङले जोड दिए । राष्ट्रिय मुद्दाकै आधारमा छिनोफानो गर्नुपर्छ उनले भने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार