
लन्डन बेलायती सेनामा काम गरेका गोर्खा भूतपूर्व सैनिकहरूको समानता र अधिकारका लागि न्यायिक आान्दोलनका संस्थापक गोर्खा अभियान्ता पदमबहादुर गुरूङ क्यान्सर रोगबाट पीडित भएका छन ।
बिगत २ बर्षदेखि प्रोस्टेटबाट ग्रसित ८० बर्षीय गुरूङ छ महिनादेखि क्यान्सरबाट पीडित भएका हुन । क्यान्सरबाट पीडित भएपछि डाक्टरले ६ महिना अघि नै अप्रेसन गर्ने सल्लाह दिएका थिए । आर्थिक अभाव र अभियानका व्यस्तताका कारण उनले उपचार गर्न सकेका छैन । गुरूङले तीन दशक अघिदेखि गोर्खा भूतपूर्व सैनिक संघ गेसो स्थापना गरी बेलायती सैनिकमा काम गरेका र कार्यरत गोर्खा सैनिकहरूलाई समानता र अधिकार दिलाउनका लागि न्यायिक संघर्ष शूरूवात गरेका थिए । २७ बर्ष गोर्खा भूतपूर्व सैनिक संघ गेसोका सभापति रहेका गुरूङकै अगुवाईमा भएको बिभिन्न चरणको आन्दोलनले गोर्खाहरूले अधिकार प्राप्त गरेका थिए । उनैले शूरूवात गरेको आन्दोलनको कारण गोर्खा भूतपुर्व सैनिकहरूको पेन्सन बृद्वि, गोर्खा र तीनका सन्तानहरूलाई बेलायतमा आवसीय भिषा , बिश्वयुद्वमा युद्वबन्दी भएकाहरूलाई क्षतिपुर्ति, कार्यरत सैनिकहरूलाई गोरा सम्मान सेवासुविधा प्राप्त गरेका थिए ।
उनी गोर्खा अभियानका जननी भएता पनि उनको योगदानको कँही कतै कदर गरेको पाईदैन् । गोर्खा आन्दोलनमा उनकै योगदानले गोर्खाहरूले अधिकार प्राप्त गरेका थिए । गोर्खाहरूको अधिकारका लडेका गुरूङको अन्य भूतपूर्व गोर्खाहरूको जस्तो पेन्सन लगायत अन्य सेवा सुविधा छैन ।
हाल गुरूङ गेसोका नेतृत्वमा छैनन् । उनले नेपालबाट ब्रिटिस सैनिक क्याम्प हटाउने तेस्रो चरणको आन्दोलनको घोषणा गरेका छन । सार्वभौम राष्ट्र हुनका लागि बिदेशी सेना हटनुपर्ने उनको अनिवार्य मान्यता रहेको छ ।
गुरूङ एक महिनादेखि बेलायतमा छन् । केही दिनमै नेपाल फर्कने गुरूङले बताएका छन । लामो समय गोर्खा आन्दोलनको अभियानमा लागेका गुरूङ अहिले पनि न्यायिक लडाईको संघर्षमै छन । गुरूङको नेतृत्वमा भएको आन्दोलनकै कारण अधिकांश गोर्खा र तीनका सन्तानहरू बेलायतमा बसोबास गर्दै आएका छन । साथै सेवासुविधा बृद्विले गोर्खाहरूको जीवनयापनमा समेत सहज भएका छन ।








