गोर्खा बार्ता सेप्टेम्बरदेखि शुरु भएर जनवरीमा सकिने

लन्डन । गोर्खाहरुको समस्या समाधान लागि हुने भनिएको त्रिपक्षीय बार्ता सेप्टेम्बरमा शुरु भएर जनवरीमा सकिने भएको छ । यही महिनाको २२ तारिखपछि टिओआर बनिसकेपछि सेप्टेम्बरदेखि शुरु हुने र जनवरीमा सकिने भएको हो ।

 

सिलिचुङ डटकमसंग संक्षिप्त कुरा गर्दै गोर्खाहरुको तर्फका बार्ताकार मेजर जुधबहादुर गुरुङले सेप्टेम्बरदेखि चरणबद्ध छलफल भएर जनवरीमा बार्ता टुंगिने बताए ।

 

२०१६ मा प्राविधिक समितिले दिएको प्रतिवेदन अनुसार गोर्खाहरुमाथि भएको समस्या स्थायी रुपमा समाधान खोजी गर्ने भन्ने थियो । तर प्राविधिक समितिले तयार गरेको प्रतिवेदनमा केही त्यस्ता गोर्खाहरुमाथि परेको अन्याय र विभेदहरु कायम हुने भएकाले बाँकी थप कुराहरु पनि समावेश गरेर स्थायी समाधान खोजिने गुरुङले बताए ।

 

अहिले बार्ताका लागि बिषयगत रुपमा अपडेट गरेर तीन चरणमा गरिएको पनि गुरुङले बताए । गुरुङका अनुसार पहिलो चरण भनेको मुख्य कुरा पेन्सन, रिडन्सी, गुड वील पे, मेडिकल, पण्डितहरुको कुरा, सबै पैसाको ममला हो र पहिलो चरणको पुरा नभएसम्म अर्को चरणमा हामी प्रवेश नै गर्दैनौं । किनभने यसभन्दा अगाडी सबै एकैमुष्टमा कुरा गरेर साना माग पुरा गरेर हामीले दियौं भन्ने बनाएको थियो । जवसम्म पहिलो चरणको कुरा हुदैन दोस्रो र तेस्रो चरण जादैनौं गुरुङले भने ।

 

दोस्रोमा लडाईमा मृत्य, घाइते भएकाहरुलाई केही क्षतिपूर्ति दिनुपरियो भन्ने हो । तर यसमा खोज्नका लागि केही समय लाग्छ गुरुङले बताए । अर्को हवाई काण्डमा परेकाहरुको हो । किनभने हवाईकाण्डमा सबै जना दोषी त होइन, गुरुङले भने ‘‘हवाई काण्डमा राम्रोसंग अनुसन्धान नगरिकन सबैलाई अन्यायपूर्ण खालीखुट्टा पठाइयो । यसमा पुन: आन्तरिक रुपमा छानवीन अनुसन्धान हुनुपर्छ । यसमा हामीहरुसंग प्रमाण पनि छ । यसमा जो जो अन्यायमा परेका छन । उनीहरुलाई क्षतिपुर्ति क्षतिपुर्ति दिनुपर्छ ।’’

 

तेस्रो चरण भनेको सन्धी (वाई लेटर ट्रिटी गर्नुपर्छ यो जुन दुईदेश सरकारवीच हुन्छ । तर अहिले सम्झौता (एग्रीमन्ट) मात्रै गरिएको छ । जुन बेलायत सरकारले आफ्नै तरिकाले विना सल्लाह परिर्वतन गर्न मिल्छ । त्यसैले अहिले हामीले नेपाल र बृटिस सरकारवीच सन्धी (ट्रिटी) गर्नुपर्छ भन्ने मान्यता राख्छौं । अहिलेसम्म गरेको सम्पुर्ण कुराहरु नेपाल सरकारसंग सल्लाह गरेको होइन । गोर्खा भर्ती त्रिपक्षीय सम्झौताको आधारमा भएको थियो । अहिले त्यो बमोजिम केही पनि हुन सक्दैन । त्यो बमोजिम केही नभएको पनि गुरुङले बताए ।

 

गुरुङले बार्ताबाट गोराहरुले जे पाएको हो । त्यो बराबर गोर्खाहरुले पनि अधिकार पाउने विश्वास व्यक्त गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार