बेलायतमा बृहत नेपाली मेला (फोटोफिचर)

लन्डन । बेलायतमा बृहत रुपमा नेपाली मेला सम्पन्न भएको छ । आइतबार लन्डनको फेल्थामस्थित केम्पटन पार्क रेसकोर्समा बृहत रुपमा १३ औं नेपाली मेला सम्पन्न भएको हो । मेलामा बेलायतको विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरुको उपस्थिती रहेको थियो ।

 

मेलामा विभिन्न जातजातिको संस्कार संस्कृति झल्कने खालको प्रर्दशनी समेत राखिएको थियो । मेलामा बेलायतमा क्रियाशिल तीन दर्जन बढि जातीय तथा सामाजिक संघसंस्थाहरुले आफ्नो मौलिक कला संस्कृति र भेषभूषामा झाँकी तथा र्‍यालीहरु प्रर्दशन गरेका थिए ।

 

गुरुङ समुदायको संस्था तमुधिं यूकेले आयोजना गरेको नेपाली मेलामा बेलायतमा रहेका विभिन्न जातीय संघसंस्थाहरुको पनि सहभागिता रहेको थियो । अन्य जातीहरुको समेत उल्लेख्य सहभागिता रहेको नेपालीमा मेलामा सँंस्कृतिक झाँकी र नृत्यहरुको प्रतियोगिता समेत गरिएको थियो ।

 

मेलामा सांस्कृतिक झांकी र नृत्यहरुमध्ये वर्षको एम्बासडर कप घान्द्रुक समाज यूकेलाई दिइएको थियो । सिक्लेस पार्चे समाज यूके दोस्रो र तमु समाज यूकेलाई तेस्रो स्थानको कप दिइएको थियो ।

 

लन्डनस्थित नेपाली दूतावासले प्रायोजन गरेको ‘एम्बासडर कप’ विजेता घान्द्रुक समाज यूकेले नगद ११ सय पाउन्डसहित कप दिइएको थियो । दोस्रो स्थानको सिक्लेस पार्चे समाज यूकेले नगद ७ सय पाउन्ड र तेस्रो स्थानको तमु समाज यूकेलाई नगद ५ सय पाउन्डसहित पुरस्कार दिइएको थियो ।

 

मेलामा प्रस्तुत झांकीहरुमध्ये उत्कृष्टको सिक्लेस पार्चे समाज यूके पहिलो दोस्रो र तेस्रो स्थान क्रमश: घान्द्रुक समाज यूके र किरांत राई यायोक्खालाई पुरस्कार दिइएको थियो ।

 

सांस्कृतिक नृत्य प्रतियोगितामा भने तमु समाज यूकेलाई पहिलो र घान्द्रुक समाज यूके दोस्रो पुरस्कार दिइएको थियो । झाँकी र नृत्य दुवै विधामा प्रथम, दोस्रो र तेस्रो हुने संस्थाले क्रमश: पांच सय, तीन सय र दुई सय पाउन्ड नगद पुरस्कार दिइएको थियो ।

 

विभिन्न संघसंस्थाद्वारा प्रस्तुत झाँकीहरुको मूल्यांकनका निर्णायकहरुमा विमला सेने, गोमा राना, प्रमिला लाबुङ राई, पदम गुरुङ र कल्पना राई थिए । नृत्य प्रतियोगितामा निर्णायकको भूमिका सरु रानामगर, कृष्ण गुरुङ र कविता घर्तीमगर गुरुङले निर्वाह गरेका थिए ।

 

मेलाको प्रमुख अतिथीमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य रहेका थिए । कार्यक्रम बोल्दै प्रमुख अतिथी आचार्यले नेपालको विविधता झल्कने गरि ठूलो महोत्सव गरेकामा आयोजकलाई धन्यवाद दिंदै राजदूतले कला संस्कृति, परम्परा, भेषभूषा र भाषा जीवन्त बनाउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

 

तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सञ्चालन महासचिव परशुराम गुरुङले गरेका थिए । तमुधि युकेले सन् २००९ देखि शुरु नेपाली मेला सञ्चालन गर्दै आएका छन ।

भिडियो हेर्नेहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार