‘‘विखण्डनकारीहरुले एनआरएनएभित्र विवाद सिर्जना गरे’’

लन्डन । अरुको नेतृत्व स्वीकार नगर्ने र जातीय विखण्डनकारीहरुले संस्थाभित्र विवाद सिर्जना गरेको गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बताएका छन ।

 

एनआरएनए बेलायतभित्र खास बिषयमा विवाद नभई केही स्वार्थ समुहहरुको झुण्डले आफ्नो स्वार्थ अनुकुलका लागि विवाद सिर्जना गर्न खोजेको अध्यक्ष मगरले बताए । स्वार्थ पुर्ति गर्न जातीय कुरा गरेर नेतृत्वलाई असफल बनाउने प्रयास समेत भइरहेको पनि अध्यक्ष गाहा मगरले बताए ।

 

एनआरएनए बेलायतमा भईरहेको पछिल्लो घटनाक्रम बारे जानकारी दिने उद्देश्यले बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष गाहा मगरले यस्तो बताएका हुन । म अध्यक्षमा निर्वाचित भएपछि केही स्वार्थ समुहहरुलाई चित्त बुझेका थिएन् । मलाई असफल बनाउन विभिन्न प्रपञ्चहरु रञ्न थालियो, अध्यक्ष गाहामगरले भने जातीय कुरा गर्नेहरुले नै म माथि जातीय कुरा गर्‍यो भनेर अरोप लगाईरहेका छन ।’’ बेलायतमा बसोबास गर्ने गोर्खा र जनजाति समुदायहरु माथि नजरअन्दाज गर्दै विभिन्न आरोप लगाउदै जातीय विभाजन गर्न खोजेको समेत उनले प्रष्ट पारे ।‘‘मलाई असफल बनाउनका लागि योजनाबद्ध रुपमा आरोप लगाउने र समाजमा भ्रम फैलाउने काम गरियो, अध्यक्ष गाहामगरले भने ।

 

साधारणसभामा प्रमुख अतिथीका लागि निमन्त्रणा गरिएको बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य उपस्थित नभएकोमा अध्यक्ष गाहामगरले असन्तुष्टी व्यक्त गरेका छन । राजदुतले कुनै व्यक्तिको कुरा सुनेर उपस्थिती नहुनु राजदुत संस्थाको गरिमा घटाउने काम भएको पनि बताए । राजदुत नेपाल सरकारको प्रतिनिधि भन्दा पनि जातीय रुपमा प्रस्तुत हुनुभयो, उहाँको गतिविधि एकदमै निन्दनीय छ, अध्यक्ष गाहामगरले भने ‘‘राजदुतको गतिविधि नेपाल सरकारको प्रतिनिधिको रुपमा नभई जातीय संस्थाको प्रतिनिधि जस्तो गरिरहनु भएको छ, यो शोभनीय छैन ।’’

 

आइसीसीले बेलायतको एनसीसी भंग गर्ने हल्ला चलाइएको र त्यस्तो हल्लाको भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेका छन । अवैधानिक रुपमा एनसीसी भंग गर्ने कदम चालिए त्यसको मूल्य महंगो पर्ने समेत अध्यक्ष मगरले चेतावनी दिए । बेलायतको एनसीसी भंग गर्नका लागि कुल आचार्य र नारायण कँडेलले विभिन्न गतिविधि गरिरहेको आरोप समेत लगाए । आइसीसीको दशौं महाधिवेशनपछि एनआरएनएमा कोरिएको विभाजन त्यसैलाई मध्यनजर गर्दै एनसीसी बेलायतले तटस्थ बस्ने नीति अपनाएको थियो । दुवै मिलेपछि मात्रै फुटलाई रोक्न विधानअनुसार सदस्यता शुल्क पठाउने नीति अपनाए पनि संस्थाका अर्को समुह गुटवन्दीमा लगेर समस्या झिकेको अध्यक्षले मगरले बताए ।
बेलायतका पुर्व अध्यक्ष समेत रहेको आइसीसीका बर्तमान अध्यक्ष समेत रहेका कुल आचार्यले ८५ प्रतिशत गोर्खा समुदायको विरुद्धमा लागेको त्यसैको फलस्वरुप एनआरएनएभित्र वीउ रोप्न खोजेको बताए ।

 

अगष्ट ६ मा भएको साधारणसभा महासचिव खुसी लिम्बुलाई बर्खास्त गरी नम्रता घलेलाई नियुक्ति गरिएको समेत उक्त पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । त्यसैगरी महिला सचिवमा प्रमिला लाबुङ राई सदस्यहरुमा धन तामाङ र मनिकला राईलाई मनोनित गरिएको जानकारी दिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार