एनआरएन युके विभाजित भएमा उपाध्यक्ष नारायण कंडेलका कारण हुनेछ: अध्यक्ष गाहा मगर

लन्डन । गैर–आवासीय नेपाली संघएनआरएन युकेका अध्यक्ष प्रेम गाहमगरले उपाध्यक्ष कंडेलको पर्दाफास गर्दै विभिन्न आरोप लगाएका छन । अध्यक्ष गाहा मगरले एक पत्रकार सम्मलेनको क्रममा एनआरएनए बेलायतमा विभाजन आए त्यो उपाध्यक्ष नारायण कँडेलको कारण हुने बताएका छन । अध्यक्ष गाहामगर पत्रकार सम्मेलनको लाईभ प्रसारण भिडियोमा समेत हेर्न सकिन्छ । उनले भनेका छन: जब एनआरएनएमा नारायण कंडेल जोडिए तब देखि नै केहि न केहि बिबादमा रहेका र अरुलाई पनि मुछ्ने गरेका छन् ।

 

सुरुमा त १२ जनाको सदस्यता लिएर आएर २ लाख नेपालीको अभिभावक बन्न कसैले स्वीकारेका थिएनन् तर नोर्दन आयरल्याण्डलाई पनि समेटनुपर्छ भनेर उनलाई अटाए जसको सम्पर्कबाट उनलाई एनआरएनमा जोडे कँडेल निरन्तर बिबादित भएको देखेर अहिले पछुताउन थालेका छन् । कंडेलको भूमिका एनआरएनए युकेमा जहिले पनि विवादित भएको छ ।

अध्यक्ष गाहा मगरले थपेका छन कंडेलमा पदको लोभ यति धेरै देखियो कि कुल आचार्यको टिके अध्यक्ष बन्ने आशामा एमओयुमा अध्यक्ष प्रेम गाहा मगरको असहमतिमा बिधि र बिधान बिपरित हस्ताक्षर गरेर एनआरएनए युकेको लेबी अन्यत्रै पठाएका छन् । कार्यसमितिको बैठकमा राती १२ बजेबाट प्रेम गाहा मगर अध्यक्ष रहेको कार्यसमिति नै खारेज हुन्छ भन्ने भ्रम फैलाएर हस्ताक्षर गर्न लगाएका थिए। लेबी अन्यत्रै पठाई सके पछि कार्यसमिति मात्र हैन बेलायतको समाज नै फुटाउने प्रयास गरेका छन् ।

 

गत ६ अगष्ट २०२२ मा एक बर्षको तयारीमा गरिएको साधारण सभा तथा संघ संस्था प्रतिनिधि सभामा आफ्नो जिम्मेवारीबाट पन्छीएर हस्ताक्षर संकलन गरी अनुपस्थित रहेका थिए । जसबाट थाहा हुन्छ उनी संग साधारण सभामा आउन सक्ने प्रश्नको उत्तर नभएकोले सच्चाईबाट भागेका हुन् ।

 

निवर्तमान अध्यक्ष योग कुमार फगामी र तत्कालिन उपाध्यक्ष प्रेम गाहा मगरले भूपू गोर्खाहरुको माग बंशजको नागरिकताको लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०१९ मा ज्ञापन पत्र बुझाएकोमा कुल आचार्यले बेलायतमा रहेका ८० प्रतिशत गोर्खाहरुको मागको बेवास्ता गर्दै नागरिकता विधेयकमा एक शब्द पनि बोलेका छैनन् । उनको यस्तो प्रवृतिले गोर्खा सैनिकहरुको मान मर्यादामा ठेस पुगेको छ। उनी पनि अहिले ३३४ वटा संस्थाको छाता संगठन एनआरएनए युकेलाई फुटाउनको लागि छुट्टै गुटबन्दी बनाई भ्रमात्मक कामहरु गरिरहेका छन् । यस्ता धेरै कारणहरु छन् जसले गर्दा बेलायतवासीले सोच्ने बेला आएको छ र यस्तो पदलोलुप प्रवृतिबाट सचेत रहन आवश्यक छ अध्यक्ष गाहा मगरले आफ्नो कुरा प्रष्ट राखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार