बेलायतका लागि नेपाली राजदूतविरुद्ध नेपाल र बेलायत सरकारमा उजुरी गर्ने तयारी

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) युकेले बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य विरुद्ध उजुरी गर्ने भएको छ । राजदुत आचार्यको विवादस्पद भुमिकामाथि प्रश्न उठाउदै आएका गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतले राजदुत विरुद्ध उजुरी गर्ने भएको हो ।
गैर–आवसीय नेपाली संघ एनआरएन बेलायतले ११ औं वार्षिक साधारणसभा तथा संघ संस्था प्रतिनिधि सभामा प्रमुख अतिथिका रुपमा बोलाइएको र अन्तिम समयमा विवादस्पद गतिविधि गरिरहेको व्यक्ति र समुहको कुरा सुनेर अनुपस्थिति भएको भन्दै राजदुत आचार्यको गतिविधि र भुमिकाको निष्पक्षतामा प्रश्न उठाउदै नेपाल र बेलायत सरकारलाई उजुरी दिने तयारी गरेको छ । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले राजदुत आचार्यले बेलायतमा बस्ने नेपाली समुदायको भावना र सम्मानमा ठेस पुर्‍याउदै निष्पक्षता र समान व्यवहार गर्न नसकेको भन्दै नेपाल र बेलायत सरकारलाई उजुरी दिने भएको छ ।
बेलायतका ३३४ वटा सामाजिक संघ संस्थालाई प्रतिनिधित्व गर्ने छाता संस्था गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले गरेको वार्षिक साधारणसभामा १ सय ३ वटा संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए । उक्त साधारणसभामा अध्यक्ष विरुद्ध गतिविधि गरिरहेका व्यक्तिहरुको कुरा सुनेर वीचै बाटोबाट फर्केपछि राजदुतविरुद्ध गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायत राजदुतसंग असन्तुष्टि बन्दै आएको छ ।
कार्यक्रममा आउने वचन दिएर कार्यक्रमको अन्तिम समयमा संस्थाविरुद्ध गतिविधि गरिरहेका व्यक्तिको कुरा सुनेर उपस्थित नहुनु बेलायतस्थित समस्त नेपाली समुदायको भावनामा चोट पुगेको ठहर गर्दै उनको पक्षपातपूर्ण कार्यशैलीविरुद्ध नेपाल र बेलायत सरकारमा उजुरी गर्न लागिएको गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बताए ।
गत ६ अगष्टमा गैर–आवासीय नेपाली संघ बेलायतको ११ औं वार्षिक साधारणसभा तथा संघ संस्था प्रतिनिधि सभामा प्रमुख अतिथीका रुपमा निम्त्याइएका राजदूत आचार्यले आयोजकलाई तीन घण्टा कुराएर अन्तिममा अनुपस्थित भएका थिए । नेपाली कांग्रेसको कोटामा बेलायत आएका राजदूत आचार्यले कुनै एक पक्षको कुरा सुनेर पक्षपाती व्यवहार गरेको गैर–आवासीय नेपाली संघ बेलायतले ठहर समेत गरेको छ ।
गैर–आवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा राजदूत नआएपछि झण्डै तीन दर्जन संघसंस्थाले कार्यक्रमस्थलमै स्वतस्फूर्त हस्ताक्षर गरी उनको कदमप्रति खेद प्रकट गरेका थिए ।
कार्यक्रममा राजदूतले हाम्रो प्रमुख आतिथ्यता स्वीकारेपछि सोही अनुसार तयारी गरिएको थियो । हामीले बिहान ११ बजे शुरु गर्नुपर्ने कार्यक्रम राजदुतको आश्वासनमा झण्डै तीन घण्टा प्रतिक्षा गरेका थियौं । तर दुर्भाग्य राजदुतले अन्तिम समयमा कार्यक्रममा आउन नसक्ने अवगत गराए । राजदुतको यस कार्यले गैर–आवासीय नेपाली संघ बेलायतले मात्र होइन, बेलायतका सम्पूर्ण सामाजिक संघ संस्था तथा सम्पुर्ण बेलायतबासी नेपालीहरुको समेत अपमान भएको हामीले ठहर गरेका छौं’, गाहामगरले भने, ‘हामीले सोचेका थियौं । नेपाल सरकारले पठाएको राजदूत समस्त बेलायतका नेपालीहरुको अभिभावक र संरक्षक हो । तर त्यसो नभई केही व्यक्ति विशेषको प्रभावमा पर्नुभयो । यो निन्दनीय र आपत्तीजनक छ ।’’
गाहामगरले यस विषयमा राजदूतको धारणा माग्दा उनले दुई सातासम्म वेवास्ता गरेकाले र उनले बेलायतवासी संघसंस्था तथा जनसमुदायप्रति निष्पक्ष व्यबहार नगरेकाले नेपाल सरकार र बेलायत सरकारमा उजुरी गर्ने अवस्थामा आफूहरु पुगेको बताए । राजदुत आचार्यको गतिविधि एनआरएनए फुटाउनेतर्फ उद्दत भएकाले पनि बाध्य भएर उजुरी दिने पुगिएको अध्यक्ष गाहामगरले बताए । निष्पक्ष र समान व्यवहार गर्न नसक्ने राजदुत बेलायतबासी नेपालीहरुको हितमा नरहेको अध्यक्ष मगरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार