एनआरएनए बेलायतले एकपछि अर्को गर्दै कारवाहीको डन्डा चलाउदै

लन्डन । अध्यक्ष प्रेम गाहामगरलाई अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) ले कारवाहीको डन्डा चलाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले पनि एकपछि अर्को गर्दै कारवाहीको डन्डा चलाएको छ ।

 

अन्तराष्ट्रिय समन्वय परिषदले अध्यक्ष प्रेम गाहा मगरलाई पदमुक्त गरेको पत्र पठाएपछि संस्थापन विरुद्ध गतिविधि गरिरहेका पक्षलाई कारवाहीको डन्डा चलाएको हो । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले महासचिव खुसी लिम्बु र कोषाध्यक्ष विष्णु खरेललाई बर्खास्त गरेका छन भने आइसीसी अध्यक्ष कुल आचार्यको साधारण सदस्यता नै खारेज गरिदिएका छन । सचिव विष्णु चालिसेलाई पनि निलम्बन गरिसकेका छन ।

 

असन्तुष्ट समुहले पनि प्रवक्ता भरतमणी चोङवाङलाई कारवाहीको घोषणा गरेपछि एनआरएनए संस्थापन पक्ष थप आक्रमक बनेको छ । संस्थापन र असन्तुष्ट समुहमा बढेको द्धन्द्ध तत्काल सेलाउने भन्दा पनि न्यायलयसम्म पुग्ने भएको छ । एकअर्काप्रति इगो र नजरअन्दाज गर्ने प्रवृति बढेपछि एनआरएनए बेलायतमा बलेको आगो तत्काल निभ्ने अवस्थामा छैन ।

 

निर्वाचित अध्यक्षलाई विधानत पदमुक्त गर्ने जस्तो कठोर कारवाही गर्ने कुनै व्यवस्था छैन । विधानत कारवाही गर्न सक्ने कुनै व्यवस्था नभएपनि आइसीसीले जवरजस्ती पदमुक्तको पत्र पठाएपछि श्रंखलाबद्ध रुपमा एनआरएनएमा विवाद बढदै गएको छ ।

 

संस्था हित विपरित गतिविधि गर्ने अन्यलाई पनि एनआरएनए बेलायतले कारवाही गर्ने तयारी गरिरहेका छन । आइसीसीमा दायित्व बुझाउने सन्दर्भमा देखिएको मतभेद त्यसपछि अध्यक्ष प्रेम गाहा मगर विरुद्ध मोर्चाबन्दी भएपछि विवादले उग्र रुप लिएको थियो । निर्वाचित अध्यक्षलाई पदमुक्त गर्ने आइसीसीको पत्राचार र मोर्चाबन्दी गर्ने समुहप्रति अधिकांश पञ्जिकृत सदस्य र संघसंस्थाहरु आक्रोशित बनेको छन । जसको कारण अध्यक्ष प्रेम गाहा मगर पक्षमा ठुलो जनमत उभिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार