
लन्डन । उपाध्यक्ष नारायणदत्त कँडेललाई गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले कारवाही गर्ने तयारी थालेको छ । संस्था फुटाउन उद्यत रहेको आरोपमा उपाध्यक्ष कँडेललाई गैर–आवासीय नेपाली संघ बेलायतले कारवाही गर्ने तयारी थालेका हो ।
संस्थाभित्र गुटवन्दी गर्दै विग्रह ल्याउन खोजेको आरोपमा उपाध्यक्ष कँडेललाई संघले कारवाही गर्ने तयारी गरिरहेको छ । संघमा देखिएको विवादको प्रमुख कारण कँडेल भएको ठहर गर्दै गैर–आवासीय नेपाली संघ बेलायतले कारवाही गर्ने जनाएको छ ।
कँडेलले नै विवादस्पद अन्तराष्ट्रिय समन्वय परिषदसंग अध्यक्षको अनुमति विना २७ जुलाईमा आफु खुशीले समझदारी पत्र एमओयूमा हस्ताक्षर गरेर २८ जुलाई मा ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स संस्थाको रकम भिकेर पैसा पठाएपछि विवाद शुरुवात भएको थियो ।
कँडेलमाथि संस्थाको पैसा अपचलन गरेको, समानन्तर अध्यक्षको रुपमा अभ्यास गर्दै संस्थाविरुद्ध गुटवन्दी गर्दै जातीय विग्रह ल्याउन खोज्दै अरुलाई पनि उक्साएको, निर्वाचित अध्यक्ष विरुद्ध गैर–कानुनी रुपमा अविश्वासको प्रस्ताव ल्याएको र सम्पन्न भईसकेको साधारणसभा तथा संघसंस्था भेलालाई पुन: डाकेर संस्था फुटाउन खोजेको संगीन आरोप छ ।
२४ जुलाईमा बसेको बैठकमा पैसा नपठाए कार्यसमिति भंग हुने भन्ने भ्रम पैmलाउदै अन्यलाई पनि हस्ताक्षर गर्न उक्साहटको गरेको कँडलमाथि आरोप छ । पैसा पठाएको बिषयमा जवाफदेहीताको जिम्मेवारी लिदै पञ्जिकृत सदस्यहरु सामु जवाफ दिन्छु भनेर ६ अगष्ट २०२२ को बार्षिक साधारणसभा तथा संघसंस्था प्रतिनिधिसभा बहिष्कार गरेर मोर्चाबन्दीमा लगेर संस्था विरुद्ध निरन्तर लागेकाले कारवाही गरिने गैर–आवासीय नेपाली संघ बेलायतका प्रवत्ता भरतमणी चोङबाङले बताए ।
कँडेलले नेतृत्व गरेको समुहले १८ अक्टोवारमा सम्पन्न भईसकेको साधारणसभालाई पुन डाकेर अवैधानिक तवरले पदीय जिम्मेवारी विर्सेर संस्थाविरुद्ध गतिविधि गरिरहेकाले बाध्य भएर कारवाही गर्नुपर्ने अवस्था आएको प्रवत्ता चोङवाङले बताए ।
संस्थामा बिग्रह ल्याउने प्रमुख मानिएका कँडेल विरुद्ध वार्षिक साधारणसभाद्धारा गठित छानवीन समितिमा उजुरी परेको छ । छानवीन समितिमा उजुरी परेपछि आवश्यक छानवीनका लागि कँडेललाई ४ अक्टोवरमा छानवीन समितिले बोलाएको थियो ।
गम्भिर विषयमा उजुरी परेपछि छानवीनका लागि कँडेललाई बोलाइएको र तर उपस्थित नभएकाले एकपटकसम्म मौका दिइने छानवीन समितिका संयोजक डा. भीम पुनले बताए । अर्को मौका दिदाँ पनि नआए छानवीन समितिले आवश्यक कारवाही अगाडी बढाउने पनि डा. पुनले स्पष्ट पारे ।
कँडेललाई कुन रुपको कस्तो कारवाही गरिने भनेर स्पष्ट खुलाइएको छैन । संस्थामा समान्नतर गतिविधिको नेतृत्व कँडेलले नै गरिरहेकाले उनलाई कारवाही गर्न कुनै कसुर बाँकी नराखिने संघले जनाएको छ ।








