एनआरएनए युके टुक्क्राए कडा प्रतिकार गर्ने युवाहरुको चेतावनी

लण्डन । बेलायतका युवाहरुको संस्था नेपलिज युथ यूकेले एनआरएनए यूकेको नाममा आगामी १८ अक्टोबरमा गर्ने भनिएको विशेष साधारणसभा तत्काल नरोके प्रतिकार गर्ने चेतावनी दिएको छ । सम्पन्न भईसकेको साधारणसभालाई पुन ः डाकेर संस्थालाई विभाजन ल्याउन अवान्छित कार्य भएको भन्दै त्यसलाई तत्काल नरोके प्रतिकारमा उत्रने चेतावनी दिएका हुन ।

 

जवरजस्तीमा रुपमा उक्त साधारणसभा सम्पन्न गरेर त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार सम्वन्धित व्यक्ति र समुहले लिनुपर्ने पनि नेपलिज युथ युकेले चेतावनी दिएका छन । नेपलिज युथ युकेका अध्यक्ष धिरज राई र महासचिव खगेन थापामगरले सोमबार एक विज्ञप्ति जारी गर्दै ’असंवैधानिक’ र ‘औचित्यहीन’ भेला वहिष्कार गर्न बेलायतस्थित समस्त नेपाली युवालाई अपिल पनि गरेका छन् ।

 

वैधानिक रुपमा निर्वाचित अध्यक्ष प्रेम गाहामगर विरुद्ध मोर्चाबन्दी गर्ने संस्थालाई विभाजन ल्याउन छुट्टै बेला बोलाउने कार्य संस्था हित विपरित र समाज भाँडने प्रबृति भएको भन्दै बेलायत बस्ते सम्पुर्ण नेपाली समुदायहरुलाई सचेत रहनका लागि पनि नेपलिज युथ युकेले अनुरोध गरेको छ ।

प्रेम गाहा मगरको कार्यकाल अझै ११ महिना बांकी रहंदा अध्यक्षलाई नै वाइपास गरि केही समूहले विशेष साधारणसभा गर्न लागेकोप्रति हाम्रो कडा आपत्ति छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता असंवैधानिक र औचित्यहीन भेला वहिष्कार गर्न बेलायतस्थित समस्त नेपाली युवालाई हामी यसै विज्ञप्तिमार्फत अपिल गर्दछौं । ‘

 

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘गएको ११ औ साधारण सभा तथा संघसंस्था प्रतिनिधि सभाले बर्खास्त गरेका पूर्व महासचिव खुशी लिम्बू र आर्थिक घोटाला आरोपित छानविन समितिको प्रक्रियामा रहेका उपाध्यक्ष सुनिलबाबु खड्काद्वारा संप्रेषित इमेल अवैधानिक र भ्रामक रहेकोले यो समाचारलाई वास्ता नगर्नका लागि अनुरोध गर्दछौं ।’

 

सामाजिक एकता र सद्भाव बिथोल्ने त्यो समूहलाई नंग्याउंदै आफ्नो आवाज बुलन्द गर्न सबै युवाहरुमा अपिल पनि गरिएको छ । ‘परिवर्तन युवाबाट सम्भव छ, हामी गर्छौं न कि कुनै स्वार्थी समूहबाट । उनीहरुलाई बहिष्कार गरौं, समाजमा खेल्न नदिउं’, विज्ञप्तिमा छ ।

 

निर्वाचित अध्यक्ष र कार्यसमिति हुंदा हुंदै सामाजिक सद्भाव र आपसी एकता खलबल्याउन उद्यत समूहको भण्डाफोर गर्दै चेतावनी सहित कथित अधिवेशन रोक्न आफ्नो तर्फबाट हरदम प्रयास रहने पनि अवगत गराइएको छ ।

 

‘हाम्रो आग्रहलाई वेवास्ता गर्दै अधिवेशनको प्रपञ्च रचिए त्यसबाट आउने प्रतिकुल परिणामप्रति हामी जिम्मेवार नरहने पनि यसै विज्ञप्तिमार्फत जानकारी दिन चाहन्छौं’– विज्ञप्तिमा उल्लेख छ ।

 

विज्ञप्तिमा अन्तराष्ट्रिय समन्वय परिषदलाई एनआरएनए यूके अध्यक्ष गाहामगरको अनुमति बिना गत २८ जुलाईमा ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स संस्थाको रकम लुटपाटको शैलीमा झिकेर पठाइएको भन्दै सो रकम फिर्ता नल्याइए कानुनी लडाईंमा अग्रमोर्चामा आउन वाध्य हुने चेतावनी पनि दिइएको छ ।

 

साथै यही १४ देखि २० अक्टोबरसम्म नेपालमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्न बेलायतबाट जान लागेका ५४ जना युवा खेलाडीलाई अन्तिम समयमा आएर एनआरएनए आइसीसीका म्यादी अध्यक्ष कुल आचार्य, एनआरएनए स्पोर्टस एकेडेमीका संयोजक जीवन सेन एवं सदस्य सचिव धर्मराज गिरीले विचल्ली पारेको भन्दै धेरै युवा प्रतियोगितामा जानबाट वञ्चित हुनु निकै दुर्भाग्यपूर्ण रहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार