एनआरएनए यूकेद्धारा छुट्टै समुहले बोलाएको विशेष साधारणसभा वहिष्कार गर्न संघसंस्थाहरुलाई अपिल

लन्डन । गैर आवासीय नेपाली संघ यूकेले आउंदो १८ अक्टोबरमा छुट्टै समुहले गर्न लागेको विशेष साधारणसभा वहिष्कार गर्न बेलायतस्थित नेपाली संघसंस्थालाई अपिल गरेको छ ।

 

संघको ९ तारिख सांझ प्रमुख सल्लाहकारहरु, सल्लाहकारहरु, संघसंस्थाका प्रतिनिधिहरु, पञ्जीकृत सदस्यहरु तथा शुभचिन्तकहरुसित भएको आपतकालिन बैठकले निर्णय गर्दै सामूहिक वहिष्कारको अपिल गरिएको हो ।

 

संस्थालाई विभाजित गर्ने गरि संघबाट वर्खास्त भएका खुशी लिम्बु र निलम्बनमा परेका सुनिलबाबु खड्काले १८ अक्टोबरमा आब्हान गरेको विशेष अधिवेशन पूर्ण अवैधानिक भएकाले बहिष्कार गर्ने निर्णय बैठकले गरेको छ । पञ्जीकृत सदस्यहरुमा साधारणसभा सम्बन्धि भ्रम छरिएकाले सत्य तथ्य सूचना प्रवाह गर्न तत्काल संस्थाद्वारा प्रेस विज्ञप्ति समेत जारी गरिएको छ ।

 

१८ अक्टोबरमा हुने भनिएको अधिवेशन रोक्न कडा प्रतिकार गर्न सबै संघसंस्थाहरुले प्रेस विज्ञप्ति निकाल्ने सहमति पनि गरेका अध्यक्ष प्रेम गाहामगरले जनाए ।

 

११ हजार ३ सय ६३ बेलायतवासी पंजीकृत सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित अध्यक्ष भएकाले प्रेम गाहामगरलाई आइसीसी वा जो कोहीले वर्खास्त गर्न नसक्ने ठहर गर्दै संस्थालाई बचाउन र विधि विधान अनुसार अघि बढ्न जनताको म्यान्डेड भए बमोजिम १८ अक्टोबरमा हुने कथित अधिवेशनमा संलग्न २३ जना सदस्यहरुलाई कारवाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 

उता, बैठकले अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर संस्थालाई विखण्डनतिर लैजाने कार्यसमितिका २३ जना सदस्यहरु सच्चिने अवस्था नआएकाले संस्थापन पक्षले तत्कालै कार्यसमितिलाई पूर्णता दिन यही १६ अक्टोबरका दिन जूममार्फत विशेष अधिवेशन गर्ने निर्णय गरेको छ । त्यसका लागि बैठकले पूर्ण म्यान्डेट दिएको जनाइएको छ ।

 

बैठकले एनआरएनए आइसीसीको लापरवाहीका कारण बेलायतका ५४ जना नेपाली खेलाडी नेपालमा हुने नवौं खेलकुद प्रतियोगितामा भाग लिन वञ्चित भएको प्रति निन्दा गरेको छ ।

 

बैठकले अध्यक्षलाई विधान विपरित वर्खास्त गरेर एनआरएनए यूकेलाई तहसनहस बनाउन खोजेकामा कडा भत्र्सना गर्दै अध्यक्ष प्रेम गाहा मगर नेतृत्वको संस्था बाहेक अर्को संस्था बनाए कसैलाई पनि मान्य नहुने निष्कर्ष निकालेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार