आर्थिक घोटलामा संलग्नबाट एनआरएनए यूके कब्जा गर्ने प्रयास

लन्डन । एनआरएनए यूकेको झण्डै ४० हजार पाउण्ड घोटालामा संलग्न ६ जनाको समूहले उल्टै संस्था नै कब्जा गर्ने प्रयास गरेका छन ।

 

बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको नन रेसिडेन्ट नेपलिज एसोसिएसन यूके (एनआरएनए यूके–११९६०१३) ट्रष्टी प्रमुख अध्यक्ष प्रेम गाहामगरलाई झूठा आरोप लगाएर च्यारिटी कमिसनको प्रमुखबाट हटाउने प्रयास गरेको छ । संगै महासचिव नम्रता घलेलाई पनि ट्रष्टीबाट हटाउने प्रयास गरेको छ ।

 

आर्थिक घोटलामा संलग्नहरु एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्काको नेतृत्वमा नारायण दत्त कंडेल, गोविन्द खरेल, खुशी लिम्बु, विष्णु खरेल र सदस्य सुरेश परियारले एनआरएनए यूके च्यारिटी संस्था कब्जा गर्न खोजेको छ ।

 

च्यारिटी कमिसनमा गाहामगरविरुद्ध ‘फेक डकुमेन्ट’ बुझाएर खड्काले ट्रष्टीको चियर आफैं हुन खोजेका छन् । च्यारिटी प्रमुखको यूजर नेम र पासवर्ड भने नर्दर्न आयरल्याण्ड बस्ने एक पदाधिकारीले ह्याक गरेको आइपी अड्रेसबाट पत्ता लागेको स्रोतले बतायो ।

 

‘संस्थाको अध्यक्ष ट्रष्टी प्रमुख हुने विधानतः छ । तर सो विपरित मेराविरुद्ध झूठा आरोप लगाएर मलाई जिम्मेवारीबाट हटाउन खोजिएको छ । विना कसुर गरिएको यो केस अदालतमा गएर मात्र टुंगिन्छ’, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले भने, ‘४० हजार पाउण्ड घोटाला ढाकछोप गर्न म माथि झुटा आरोप लगाए । तर अब उनीहरु कानूनी कठघराबाट उम्कन पाउने छैनन् । ट्रष्टी प्रमुखबाट खोसेर संस्था कब्जा गर्ने दिवा सपना नदेखे हुन्छ ।’

 

अबको लडाईं माथिका ६ जना भर्सेस बेलायतको दुई लाख नेपाली समुदाय हुने गाहामगरले चेतावनी दिएका छन । गाहामगरले यस परिस्थितिमा संस्था बचाउन र यसको साख कायम राख्न साथ सहयोगका लागि बेलायतको नेपाली समुदायसंग अपिल गरेका छन् । संस्था कब्जा गर्ने प्रयास भएपछि एनआरएनए संस्थापन पक्ष कानुनी लडाईमा जाने तयारी गरेको छ ।

 

नेतृत्व लिएको ११ महिनासम्म कोषाध्यक्ष विष्णु खरेलले एनआरएनए यूके अध्यक्ष गाहामगरलाई संस्थाको बैंक एक्सेस दिएनन् । यतिसम्म कि बैंक सिग्नेचरीमा अध्यक्षको हस्ताक्षर समेत छैन् । यसमा उपाध्यक्ष सुनिलबाबु पनि संलग्न छन् ।

 

सुनिलबाबुकै संयोजनमा आउंदो १८ अक्टोबरका दिन संघको अवैधानिक रुपमा विशेष साधारणसभा बोलाइएको छ । सुनिलसहित माथि उल्लेखित ६ जनाको समूह कुनै पनि हालतमा एनआरएनए यूके विभाजन गराएरै छाड्न उद्यत रहेको अधिकांशको भनाई छ ।। प्रेम गाहामगरकै भोटमा उपाध्यक्ष बन्न सफल सुनिल खड्का अहिले उनै विरुद्ध मोर्चाबन्दी गर्न कस्सिएका छन् ।

 

तर, नेपलिज युथ यूकेले ११ हजार ३६३ सदस्यहरुले निर्वाचित गरेको अध्यक्ष प्रेम गाहामगरविरुद्ध कुनै गतिविधि चालिए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । युवाहरुको समूहले कथित साधारणसभा हुने भनिएको कार्यक्रमस्थलमा गएर अवरोध गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार