एनआरएनए युकेको एक समुहले बोलाएको भेलामा युवाहरुद्धारा प्रर्दशन

लन्डन । एनआरएनए युके फुटाउनका लागि एक समुहले आयोजना गरेको भेलामा युवाहरूले बिरोध प्रर्दशन गरेका छन । लन्डनको हयारोस्थित एक समुहले आयोजना गरेको छुट्टै भेलामा नेपलिज युथ युकेका युवाहरूले बिरोध प्रर्दशन गरेका हुन ।

 

ठुलो संख्यामा रहेका युवाहरूले छुट्टै समुहले आयोजना गरेको भेलामा उपस्थित भएर नारा, जुलुस सहित कालो झण्डा र प्ले कार्ड प्रर्दशन गर्दै बिरोध जनाएका छन ।

 

भेलामा नेपलिज युथ युकेका संस्थापक अध्यक्ष रिचर्ड गुरूङले कार्यक्रम सम्पन्न भईरहेको हलमा गएर बिज्ञप्तीसहित संस्था फुटाएको भन्दै असहमती राखेका थिए । छुट्टै भेलाले तीन लाख नेपालीहरूको प्रतिनिधित्व गर्ने संस्था एनआरएनए फुटाउने काम निन्दनीय भएको भन्दै बिरोध जनाएका थिए ।

एनआरएन युकेमा आवन्छित खालको क्रियाकलाप र एउटै बास्केटमा रहेको संस्थालाई फुट ल्याउने र अवैधानिक काम निरन्तर रुपमा गरिरहेकाले बाध्य भएर विरोध गरेको गुरुङले बताए ।

 

युवाहरुको मर्म भावनालाई बेवास्ता गर्दै जवरजस्ती कार्यक्रम गर्नुको उद्देश्य के हो ? भनेर छुट्टे भेला गर्नेहरुलाई प्रश्न समेत गरेका थिए । युवाहरुले भेला अवैधानिक भएको र विशेष महाधिवेशनको म्यान्डेडले भेला आयोजना गर्नेहरुलाई बर्खास्त गरेको स्मरण समेत गराए ।

 

साधारणसभाको मर्म र भावनाविपरित संस्थालाई फुटाउन छुट्टै भेला गर्नु संस्था हित विपरित भएको पनि युवाहरुले जनाएका थिए । पब्लिकको पैसा विना म्यान्डेड नेपाल पठाएकोप्रति पनि युवाहरुले असन्तुष्टी व्यक्त गरे । अहिले आइसीसी दुईवटा छ । दुवै आइसीसीले पैसा मागेको छ । दुवै आइसीसी सुध्रेर नआएसम्म दुवैलाई मान्दैनौ गुरुङले भने –“छुट्टै भेला गर्नुलाई हामी मान्दैनौं । नवौं महाधिवेशनले निर्वाचित गरेको समितिलाई आधिकारिक मान्छौं । यस्तो अवैधानिक क्रियाकलाप हामी मान्न सक्दैनौं ।”

 

अध्यक्ष प्रेम गाहा मगरको प्यानलबाट तपाईहरु निर्वाचित हुनुभएको हो । अध्यक्षको सहयोगमा निर्वाचित हुनेले कुन नैतिकताको आधारमा अध्यक्षविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको हो ? भनेर नेपलीज युथ युकेका संस्थापक अध्यक्ष गुरुङले छट्टै भेला डाक्नेहरुप्रति प्रश्न गरेका थिए । नवौ महाधिवेशनको निर्वाचनपछि पनि तीनदिनसम्म चुनावको नतिजा घोषणा नहुदाँ युवाहरुले सहयोग गरेको कुरा उनीहरुलाई स्मरण गराएका थिए ।

 

निर्वाचित अध्यक्षलाई अविश्वासको प्रस्ताव ल्याउने र पदमुक्त गर्ने कुन विधानमा व्यवस्था छ भनेर युवाहरुको प्रश्नले अधिकांश नाजवाफ बनेका थिए ।

 

युवाहरुले नेपालमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बेलायतबाट जाने ५४ जना युवा खेलाडीहरुलाई खाना आवास र यातायात खर्च व्यवस्थापन गछौं भनेर आइसीसीका तत्कालीन म्यादी अध्यक्ष कुल आचार्य, एनआरएनए स्पोर्टस एकेडेमीका संयोजक जीवन सेन र सदस्य सचिव धर्मराज गिरीले विचल्ली पारेको पनि आपत्ती जनाएका थिए । पत्राचार नै गरेर खेलकुदमा सहभागिता हुन भनिएपनि गैर–जिम्मेवारीपुर्वक खेलाडीहरुलाई अलपत्र पारेकोमा गम्भीर ध्यानाकर्षण भन्दै क्षतिपुर्तिको समेत माग गरेका थिए  ।

 

विरोध प्रर्दशनपछि सामाजिक अभियान्त राष्ट्र राई र नेपलीज युथ युकेका संस्थापक अध्यक्ष रिचर्ड गुरुङले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा सामाजिक अभियान्ता राष्ट्र राईले आर्थिक घोटलालाई ढाकछोप गर्न संस्था फुटाउन खोजेको आरोप लगाए ।

 

युवाहरुले संस्था फुटाउन पाइदैन, पब्लिकको रकम फिर्ता गर, अबैधानिक अधिवेशन बन्द गर, पब्लिकको पैसा खान पाइदैन, खुरापाती चाहिन्दैन भन्दै कालो झण्डा, प्ले कार्ड सहित नारा जुलुस गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार