
लन्डन । विहिवार बेलायतको रक्षा मन्त्रालयमा गोर्खा समस्या सम्बन्धि सरकार स्तरीय बार्ता चलिरहदाँ दवाव दिने उद्देश्यसहित गोर्खाहरुले गरेको शान्तिपूर्ण प्रर्दशनमा गैर‐आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले पनि साथ दिदै ऐक्यवद्धता जनाएका छन ।
बार्ता चलिरहँदा लन्डनको ट्राफलगर स्क्वायरमा जम्मा भएर गोर्खाहरुले गरेको मार्च पासमा गैर‐आवासीय नेपाली संघ (एनआरएनए)ले साथ दिदै ऐक्यवद्धता जनाएका हुन । शान्तिपुर्ण प्रर्दशनमा गैर‐आवासीय नेपाली संघ (एनआरएनए्) बेलायतका अध्यक्ष प्रेम गाहा मगर, उपाध्यक्ष विमला लिम्बु, महिला संयोजक मनिकला राई गुरुङ लगायतको ठुलो संख्यामा सहभागिता रहेको थियो ।
रक्षा मन्त्रालयमा बार्ता चलिरहँदा पनि भूपू सैनिकसंगै एनआरएनएमा आवद्ध व्यक्ति व्यक्तित्वहरु झरीको प्रवाह नगरी दवावमुलक शान्तिपुर्ण प्रर्दशन गरेका थिए । रक्षा मन्त्रालय अगाडी गोर्खाको शालिकस्थित उभेर गोर्खाहरुले रक्षा मन्त्रालयको मुख्य भागपट्टि फर्केर प्रर्दशन गरेका थिए । गोर्खाहरुको हक अधिकारको संघर्षमा एनआरएनएको पुर्ण रुपमा साथ सहयोग रहेको र भविष्यमा पनि रहने गैर‐आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बताए । आफु पनि गोर्खा भएको बताउदै अध्ययक्ष गाहा मगरले गोर्खाहरुको समानताको लडाईमा पुर्ण रुपमा साथ रहने पनि बताए ।
मगरले १९९७ डिसेम्बर ४ मा रक्षा मन्त्रालय अगाडी गोर्खाको सालिक स्थापना भएपछि परेड खेलेको स्मरण समेत गरे । शालिक अनाबरणको क्रममा बेलायतका तत्कालीन महारानी एलिजावेथ द्धितियासंग भेटर हात मिलाएर बोलेको समेत गाहा मगरले सम्झिए ।
शान्तिपुर्ण प्रर्दशनमा गै‐आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले व्यानरसहित प्रर्दशन गरेका थिए । प्रर्दशनमा गोर्खाहरु सुट र रेजिमेन्टल टाई मेडल र गोर्खा ह्याटजस्ता पहिरनमा प्रर्दशन गरेका थिए ।










