फोनिज युकेको बार्षिक साधारण सभा सम्पन्न (फोटोफिचर सहित)

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार बेलायतको अल्डरसर्टस्थित एम्पायर हलमा साधारणसभा सम्पन्न भएको हो ।

 

विगतको समिक्षा र भावी कार्ययोजना तय गर्ने उद्देश्यसहित सम्पन्न भएको बार्षिक साधारणसभा बेलायतमा रहेको क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो । साधारणसभामा फोनिज युकेका सल्लाहकार लगायत आदिवासी जनजाति अभियान्ताहरुको उपस्थिती रहेको थियो ।

 

साधारणसभामा आदिवासी जनजाति क्षेत्रमा लेखनको माध्यमबाट योगदान दिने दुई जना पत्रकारहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा फोनिजका संस्थापक हरिकुमार (काजी) गुरुङ र अमित थेवेलाई सम्मान गरिएको थियो । साधारणसभामा नयाँ सदस्यहरुलाई समेत स्वागत गरिएको थियो । साधारणसभाले नयाँ सदस्य तेज माबोलाई स्वागत गरिएको थियो ।

 

नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सल्लाहकारहरु एकिन्द्र गुरुङ, मगर संघका पुर्व अध्यक्ष सुनिल राना र अग्रज पत्रकार दुतबहादुर पुनको समेत उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाले अझै पनि पहिचानको आन्दोलन बाँकी रहेकाले लेखनको माध्यममबाट आन्दोलनलाई सफलताको विन्दुसम्म पु¥याउन फोनिजले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए । फोनिजले अधिकार क्षेत्रमा महत्वपुर्ण योगदान दिएको र त्यसको निरन्तरताको कामना पनि अध्यक्ष शेर्पाले गरे ।

 

फोनिज युकेमा मात्रै नभई संसारभारी नै पहिचान बनाएको सल्लाहकार एकिन्द्र गुरुङ बताए । समुदायका हक हितका लागि अगाडी बढने क्रममा फोनिज युके फलेको फुलेको हेर्न चाहाना रहेको पनि गुरुङले बताए । अहिले कलम चलाउनेहरुलाई सम्मान र प्रोत्साहन गर्ने काम भएकाले यो एकदमै सह्रानिय छ । यसले समुदायका लागि गरेको काम एकदमै महत्वपुर्ण रहेको पनि गुरुङ बताए ।

 

साधारणसभामा २३ औं विश्व आदिवासी दिवसमा नेपाल आदिवासी जनजाति महासंघ बेलायतले सम्मान गर्न छुटेको व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा अग्रज पत्रकार दुतबहादुर पुन र लक्ष्मी ज्वलर्सका सञ्चालिका लक्ष्मी राईलाई पनि सम्मान गरिएको थियो ।

 

साधारण सभामा सम्मानित हुने व्यक्तित्व हरिकुमार (काजी) गुरुङले बेलायतमा नेपाली पत्रकारिता स्थापित गर्ने क्रममा गरिएको संघर्ष कथालाई स्मरण मन्तब्य राखेका थिए । साधारणसभामा सम्मानित हुने अमित थेवेले फोनिज युकेलाई विशेष धन्यवाद व्यक्त गरे ।

 

साधारणसभामा लक्ष्मी ज्वेलर्सका सञ्चालिका लक्ष्मी राई, नेपाल चलचित्र कलाकार संघ बेलायतका अध्यक्ष रोमियन लिम्बु, सल्लाहकार विश्वासदीप तिगेला, सल्लाहकार दुतबहादुर पुन र पत्रकार जमुना पुनले पनि कार्यक्रम सफलताको शुभकामना मन्तब्य व्यक्त राखेका थिए । कार्यक्रममा गैर‐आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका उपाध्यक्ष बिमला लिम्बु र मगर संघ युकेका उपाध्यक्ष रुद्र थापाको पनि उपस्थिती रहेको थियो ।

 

साधारणसभामा फोनिज युकेका सल्लाहकार अग्रज पत्रकार दुतबहादुर पुनले फोनिज युके जन्माउनका लागि ठुलै संघर्ष गर्नुपरेको स्मरण गराउदै आगमी दिनहरुको फोनिज युकेको भविष्य सुखद रहेको बताए ।

 

निर्वतमान अध्यक्ष प्रमिला लावुङ राईले २०१३ सालमा फोनिज युकेको स्थापना भएको स्मरण गर्दै आदिवासी जनजाति पत्रकारहरुको संख्या बढदै जानु उपलब्धीमुलुक भएको बताइन । फोनिज युकेले आफ्नो अस्तित्वलाई फराकिलो बनाउदै लगेको पनि राईले बताइन ।

 

साधारणसभा आदिवासी जनजाति पत्रकार महासंघ बेलायतका अध्यक्ष गोमा राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन सचिव लिला सेल्लिङ माबोले गरेकी थिइन ।

(फोटोफिचर )

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार