डेढ महिनादेखि बेलायतको अल्डरसर्टबाट बेपता भएका युवाको खोजी गर्दा शव फेला

लन्डन । बेलायतको अल्डरसर्टबाट डेढ महिनादेखि बेपत्ता भएका युवा किरण पुनको खोजी गर्दा एक शव फेला परेको छ । प्रहरीको लामो अनुसन्धान र खोजीपछि एक शव फेला पारेपछि उक्त लाश किरणको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

 

अल्डरसटको ब्रिकफिल्ड काउन्टी पार्कमा आइतबार दिउँसो भेटिएको शव किरणकै रहेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । तर प्रहरीले उनकै शव भनेर पुष्टि गर्न बाँकी छ ।

 

ह्याम्प्शायर प्रहरीले औपचारिक पहिचान हुन बाँकी रहेपनि भेटिएको शव किरणकै रहेको आशंका गरिएको र यसबारे उनको परिवारलाई खबर गरिसकिएको जनाएको छ ।

 

बेलायतको वील्सायर एम्सबरी निवासी भूतपूर्व गोर्खा तीर्थबहादुर पुनका ३६ वर्षीय छोरा किरण गत १ डिसेम्बर बिहीबार साढे ७ बजे अल्डरसट रेलवे स्टेशनमा बसबाट ओर्लिएको सीसीटिभी फुटेजमा देखिएका थिए । त्यसपछि उनी बेपत्ता भएका थिए । किरणको हत्या आशंकामा बेलायत प्रहरीले गिरफ्तार गरेका सबै ५ जना नै रिहा भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार