एनआरएनए युकेले बंशजको नेपाली नागरिकता सम्बन्धी वहस कार्यक्रम गर्ने

लन्डन । गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतले वंशजको नेपाली नागरिकता सम्बन्धी वहस कार्यक्रम गर्ने भएको छ । आउने शनिवार बेलायतको अल्डरसर्टस्थित संघले आफ्नै कार्यालयमा बेलायतका क्रियाशिल गोर्खाजन्य संघसंस्थाहरुसंग वहस कार्यक्रम गर्ने भएको हो ।

 

बेलायतमा बस्ने आम गोर्खा र तीनका परिवारहरुको बंशजको नागरिकता निरन्तरता कायम गर्ने महाअभियानलाई सार्थकता दिने उद्देश्यसहत संघले वहस गर्ने भएको छ । यसअघि संसदको दुवै सदनबाट पास भएर राष्ट्रपतिले रोकेको विधेयकले गोर्खा र तीनका परिवारहरुमाथि अन्याय पर्ने भएकाले बंशजको आधारमा नागरिकता निरन्तरताका लागि कार्यक्रम गर्न लागिएको गैर–आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले बताए ।

 

कार्यक्रमबाट निस्केको निचोडमा आधारित रहेर संघले नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने पनि भएको छ । कार्यक्रममा बेलायतका क्रियाशिल गोर्खाजन्य संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने छ ।

 

नेपाली नागरिता त्याग्ने शरणार्थी, माफिया र मानवतस्करीहरु जालसाजी रुपमा आफ्नो अनुकुल विधेयकमा छिराएर गोर्खाहरुमाथि विभेद ल्याउन खोजेकाले यस्तो अभियान चलाइएको अध्यक्ष गाहा मगरले बताए ।

 

उनले नेपाली होइन भनेर नेपाली नागरिकता त्यागेर अरु देशको साइलम शिखर क्लेम गर्ने व्यक्तिहरुले अवैधानिक रुपमा अझै पनि पुराना नागरिकता चलाइरहेको पनि आरोप लगाए ।

वंशजको आधारमा नागरिकता निरन्तरता सम्बन्धी वहसमा छलफल गरेर अभियानलाई तीव्रता दिने पनि संघले जनाएको छ । वहसबाट संघसंस्थाहरुको सल्लाह सुझावको आधारमा अभियान सञ्चालन गरिने जनाइएको छ ।

 

अध्यक्ष मगरले रसियाका माफियाहरु जर्मन अमेरिकाका मानव तस्करहरु र बेलायतका शरणार्थी बनेर बेलायतका नागरिकता लिएकाहरुले आफुलाई सहज हुने गरेर एनआरएनए नागरिकताको संसदमा लगेको पनि आरोप लगाए ।

 

बेलायतमा रहेको गोर्खा र विश्वमा रहेका नेपालीहरुको नागरिकता निरन्तरताका लागि हामी एकजुट भएनौं भने । भोली हामीले अंगीकृत नागरिकता बनाउने छ । बिहारीहरुले नेपालको विरुद्धमा भोट हाल्ने छ । प्रवासमा रहेको नेपालीहरुले नेपाललाई जोगाउन हामीले बंशजको नागरिकता कायम राखेर अधिकार नलिएसम्म देश धरापमा पर्न सक्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार