बेलायतको प्लमस्टिडबाट एक नेपाली युवा बेपत्ता

लन्डन– बेलायतको प्लमस्टिडमा बस्दै आएका एक नेपाली युवा तीन दिनदेखि बेपत्ता भएका छन् । २४ वर्षीय निभान मगर गत सेप्टेम्बर १८ सोमबारदेखि बेपत्ता भएका हुन ।

 

सोमबार प्लमस्टिडमा देखिएका उनी त्यसयता परिवार, आफन्त र साथीभाइ कसैको सम्पर्कमा नरेहको परिवारिक स्रोतले जनाएको छ । बेलायती पूर्व गोर्खा सैनिकका छोरा निभान प्लमस्टिडमै एक नेपाली परिवारसँग बस्दै आएका थिए । उनका पिता नेपालमा र दिदीहरु भने लन्डनमै बसोबास गर्दै आएका छन ।

 

निभान बेपत्ता बनेपछि परिवारले खोजीको आग्रहसहित लन्डन महानगर (मेट्रिपोलिटन) प्रहरीमा उजुरी (रिपोर्ट) दिएका छन । उनलाई देखेको वा उनीबारे कुनै जानकारी भए प्रहरी वा परिवारलाई खबर गरिदिन उनकी दिदी सीमा मगरले सबैलाई अपील समेत गरेकी छिन् ।

 

यसअघि उनले कहिल्यै पनि परिवारसँग सम्पर्कविहिन हुने वा टेलिफोन नउठाउने जस्ता व्यवहार नगरेको दिदी सीमाले बताएकी छिन । उनी लागूपदार्थ वा अन्य कुनै कुलतमा नफसेको पनि सीमाले बताइन ।

 

विगतमा डिप्रेसनबाट पीडित भएपनि पछिल्लो समय भने निभानको स्वास्थ्य स्थिती राम्रो रहेको परिवारले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार