
लन्डन । बेलायतको प्लमस्टिडबाट हराइरहेका २४ वर्षीय निभान मगर मृत फेला परेका छन् । सोमबार सेप्टेम्बर १८ देखि बेपत्ता मगरको खोजीका क्रममा बेलायती प्रहरीले उनको शव फेला पारेको हो ।
साउथ इष्ट लन्डनको एरिथस्थित नदी किनारामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । मृत्युको कारण भने अझै खुल्न सकेको छैन । मगरको शव अहिले अर्पिङटनस्थित प्रिन्सेस रोयल हस्पिटलमा राखिएको र पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको जानकारी परिवारलाई गराइएको छ ।
रुपन्देही रामापुरका पूर्व गोर्खाका छोरा निभान प्लमस्टिडमै एक नेपाली परिवारसँग बस्दै आएका थिए । उनका आमाबाबु नेपालमा र दिदी लन्डनमै छुट्टै बस्दै आएकी छिन ।







